बुधवार, 20 अगस्त 2014

कोहिनुरले बदल्दियो चलचित्र बजार, महिला दर्शक स्तव्ध हुँदै बाहिरिँदै

गोपाल झापाली, झापा-४ भदौ । लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको निर्माण तथा अभिनय रहेको अन्तिम चलचित्र कोहिनुरले नेपाली चलचित्रमा नै नयाँ इतिहास बनाएको छ । भारतीय चलचित्रको दवदबाका कारण नेपाली चलचित्रले गति लिन नसकेको बताईरहेका बेला भारतीय चलचित्रलाई पनि हल बाट बिस्थापित गरेको छ कोहिनुरले । चलचित्रको बिषयबस्तु र प्रस्तुतीको नविनता वा नायक श्रेष्ठ प्रति श्रद्धान्जली व्यक्त गर्न हो, अहिले कोहिनुर चलचित्र चलि रहेका चलचित्र भवनमा दर्शकको सहभागीता अपूर्व देखिएको छ । झनै भारतीय बजार र भाषाको प्रभाव दर्विलो रहेको झापामा नेपाली भन्दा भारतीय चलचित्रमानै दर्शकको आकर्षण रहने गरेको छ । तर कोहिनुरले दर्शकको लतनै बदलिएको छ ।
कोहिनुरले बदल्दियो चलचित्र बजार, महिला दर्शक स्तव्ध हुँदै बाहिरिँदैनायक श्रीकृष्ण श्रेष्ठले १ सय भन्दा बढि चलचित्रमा अभिनय गरे । दर्जनौं लोकप्रिय र व्यवसायीक रुपमा सफल भए । तर पछिल्लो वा उनको जीवनको अन्तिम चलचित्र कोहिनुरको जस्तो ईतिहास थिएन । उनको त के, चलचित्र उद्योगमानै यति छोटो अवधीमा दर्शकको यसरी मन जितेको कुनै चलचित्रनै थिएनन् भन्ने बहस छ अहिले सिने उद्योगमा । साउन अन्तिम साता देखि प्रदर्शनमा आएको कोहिनुरले २ साता नबित्दै ५ करोड रुपैया भन्दा बढिको कारोवार गरि सकेको छ । चलचित्र हेरि सकेका दमकका शिशिर बुढाथोकीले एक पटक हेर्दा धित नमरेकाले फेरि पनि चलचित्र हेर्ने बताए । ‘म त श्रीकृष्णको फ्याननै हुँ, उनका अरु पनि प्राय चलचित्र हेर्थे, यो त जति हेरे पनि चित्तै बुझ्दैन जस्तो लाग्यो ।’
 कुनै समय थियो, नेपाली चलचित्रका टीकट पनि व्ल्याकमा बिक्थे । तर त्यस्तो अवस्था नआएको वर्षौ भएको सम्झछन, दमकको पाथीभरा चलचित्र भवनका सञ्चालक चैतन्य बराल । यो अवस्था कोहिनुरले चलचित्र भवनहरुमा ल्याई दिएको उनले बताए । तर यसलाई चलचित्रको व्यवसायीक सफलता र दिवङ्ग भएका नायक श्रेष्ठ प्रतिको श्रद्धाञ्जलीका रुपमा पनि हेरिएको छ । ‘ चलचित्रको प्रदर्शनमा मात्र होईन, मैले २०४६ सालको आन्दोलन पछि यति धेरै मानिसको भिड कहिल्यै देखेको थिईन’ बरालले भने–‘ नायक प्रतिको सम्मान र उत्कृष्ट चलचित्रका कारण कोहिनुरले नया इतिहास बनाएको छ ।’ चेलिबेटी बेचबिखनको मार्मिक कथा, विवाहको छोटो समयमा निधन भएका रिल लाईफ र रियल लाईफका जोडी श्रीकृष्ण र स्वेता खड्काको प्रेमिल अभिनय र कलात्मक प्रस्तुतीकरणले अधिकांश चलचित्र भवन हाउसफुल हुने गरेका छन् । 
  झनै महिला दर्शकहरु त चलचित्र हेरि सके पछि आंखा चिसो बनाएर हलबाट बाहिरिने गरेका छन् । पाथीभरा चलचित्र भवनमा चलचित्र हेरेर बाहिरिएकी जानुका लिम्बूले भनिन्–‘मैले त श्रीकृष्णको निधन र स्वेता खड्कालाई परेको बज्रपात सम्झेर चलचित्र हेर्नै सकिन ।’ चलचित्रमा श्रीले पटक पटक बाँच्नेछु भनेर बोलिएको संवादले झनै रुवाएको उनले सुनाईन् । 
कोहिनुर चलचित्र चलि रहेका चलचित्र भवनका सञ्चालकहरु दर्शकहरुको यो आकर्षणलाई चलचित्रको उत्कृष्टता र नायक श्रेष्ठप्रतिको श्रद्धा दुवैको रुपमा बिश्लेषण गर्ने गरेका छन् । कोहिनुर प्रतिको दर्शकको उत्साहले नेपाली कलाकारहरुको लोकप्रियता र राम्रा चलचित्र बन्यो भने व्यवसायीकताको समस्या नरहने पुष्टि गरेको झापा बिर्तामोडको कृष्ण टाकिजका सञ्चालक प्रकाश मल्लले बताए । 
गत साउन २५ गते उचारका क्रममा भारतमा निधन भएका नायक श्रेष्ठले अभिनय र निर्माण गरेको चलचित्र कोहिनुर अहिले देशका मुख्य शहरहरुमा प्रदर्शन भई रहेको छ । अधिकांश चलचित्रमा कारुणिक अभिनय गरेर दशर्कलाई स्तव्ध बनाउने श्रीकृष्णले अन्तिम चलचित्रमा पनि उस्तै ममृस्पर्शी अभिनय त गरेका छन् नै, वास्तविक रुपमा पनि दर्शकलाई स्तव्धनै बनाएर सधैका लागि विदा भएका छन् । 

कोई टिप्पणी नहीं: