शनिवार, 26 जुलाई 2014

सडक निर्माणमा सघाउने सैनिक अधिकारीलाई सम्मान

जाजजरकोट, श्रावण १० - सशस्त्र द्वन्द्वकाबीच पनि छिन्चु-जाजरकोट सडक निर्माण गरेर सदरमुकामलाई राष्ट्रिय सडक सन्जालमा जोड्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपाली सेनाका सेनानी विश्वबन्धु पहाडीलाई जिल्ला विकास समितिले सम्मान गरेको छ । पहाडी अहिले सेनाको जाजरकोट-डोल्पा सडक निर्माण कार्यदलका प्रमुखका रुपमा कार्यरत छन् । जाजरकोट सदरमुकाम खलंगा र डोल्पा सडक निर्माण क्षेत्रका गाउँ-गाउँसम्म मोटरबाटो बनाई सडक सन्जालसंग जोड्न योगदान पुर्‍याएकाले उनलाई सम्मान गरिएको स्थानी विकास अधिकारी कृष्णप्रसाद पाण्डेले बताए ।
Nepali-Army_Pahadi.jpg सेनानी पहाडीलाई सभासद् शक्तिबहादुर बस्नेतले दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरेका हुन् । पहाडीले सम्मानलाई जाजरकोटी जनताको मायाका रुपमा आफूले लिएको उल्लेख गर्दै त्यसले आफूलाई कर्तव्य पूरा गर्न थप उर्जा मिलेको बताए । तत्कालीन द्वन्द्वका बेला छिन्चु-जाजरकोट सडक निर्माणको काम अबरुद्ध थियो । २०५४ सालमा माओवादीले अवरोध पुर्‍याएको ७ बर्षपछि २०६१ सालमा पहाडीको कमाण्डमा सेनाको कार्यदल बसेर सडक निर्माणको काम पूरा गरेको हो । पहाडीको नेतृत्वमा उक्त सडकको औलीझ्याम-खलंगा खण्डको करीव ४० किमी सडक ०६३ सालमा पूरा भएको थियो । अहिले डोल्पा सडक निर्माणमा पनि जाजरकोट खण्डको ५५ किमी सडक ट्याक खनिसकेर यातायात सुरु भएको छ ।

कोई टिप्पणी नहीं: