शनिवार, 26 जुलाई 2014

बुटबलका डीएसपी आचार्यलार्इ निलम्बन गर्न अख्तियारको निर्देशन

साउन १०, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रमुख प्रहरी नायब उपरिक्षक डीएसपी दिनेश कुमार आचार्यलार्इ निलम्बन गर्न प्रहरी प्रधान कार्यलयलाई निर्देशन दिएको छ । लेनदेनको कारोबारमा ऋणी फरार भएपछि जिम्मा जमानीमा रहेका व्यक्तिलार्इ कारबाहीका लागि पीडितले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको अनुसन्धानको क्रममा रहेका जमानीमा बसेका व्यक्तिबाट १ लाख ५० हजार लिँदै गर्दा प्रहरी सहायक निरीक्षक राम प्रसाद पौडेल पक्राउ परेका थिए ।
पौडेलले कार्यालय प्रमुखको निर्देशनमा रकम लिएको बताएकाले अनुसन्धानमा प्रभाव पार्न सक्ने र प्रमाण नष्ट समेत गर्न सक्ने भएकाले आचार्यलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यलयलाई लेखी पठाइएको अख्तियारले जनाएको छ ।  

कोई टिप्पणी नहीं: