बुधवार, 16 अप्रैल 2014

मगरलाइ नचायो पुर्वेली हुर्राले - फोटो फिचर सहित

दिल प्रसाद थापा मगर - बुटवल
बुटवलमा आयोजित प्रथम मगर सास्कृतीक महोत्सव चैत २७ गते बाट सुरु भएको महोत्सवमा नेपाल भरि छरिएको मगर समुदायको विभन्न सास्कृतीक महात्व झल्कने झाँकी, नाँच, बुटवलबासीले  एकै ठाउमा होर्न पाएका  छन् ।  
महोत्सवमा अवलोकनकर्ताहरुको निम्ति पर्दशनी मेला जस्तै गरि आयोजना गरेको मोहत्सवमा विभन्न मगर परिकार, भेषभुषाको, मगर चलनचल्ती र दिन चार्यमा प्रयोग हुने सामाग्री औजारहरु, ऐतिहासिक समानहरु प्रदर्शनीमा राखिएको थियो । बुटवलवासी भने नेपालभरिको सास्कृती नाच गान, झाँकी एकै  ठाउंमा हेर्न पाउंदा मख्ख परेका थिए । जसमा बुटवल बेलबास निवासी बल बहादुर थापाले यस्तो महोत्सब नेपालमै पहिले भएको बताउदै आफु उक्त महोत्सव अवलोकन गर्न आएको बताए ।

  
महोत्सवमा पुर्वको हुर्रा नाँच, बागलुड्डको थाली नाँच, गुल्मीको घाटु नाँच, सोरठी, सालैज्यु, मयुर नाँच, लोक दोहरी , कौडा नाँच लगायत विभन्न दर्जनौ मगर समुदायमा रहेको मौलिक सास्कृती कार्यक्रमहरु प्रस्तृत गरिएको थियो । 
महोत्सवको विशेष आकर्षण मगरको १२ घण्टा सम्म प्रस्तृत गरिएको घाटु नाँच र पुर्वेली हुर्रा नाँच रह्यो । महोत्वसमा अवलोकन गर्न आएका स्थानिय युवाले सो घाटु नाँच पहिले चोटी होरेको बताए । त्यसै गरि महोत्सवमा आएका बुटवल ४ मैनावगर निवासी खेम आले मगरले मेलामा पहिले चोटी देखेको पुर्वेली हुर्रा नाँचमा आफु पनि नाच्न पाउदा निकै रमाइले भएको अनुभव सुनाए ।

 हुर्रा नाँचमा नेपाल मगर संघ बुटवल नगर समितीका अध्यक्ष किसन बहादुर थापा मगर , पत्रकार टेक मास्के ,कार्यक्रम संयोजक, नेपाल मगर महिला संघका लगायत वरिष्ठ व्यक्तित्वहरु पनि  कम्मर मक्रर्याइ मक्रर्याइ नाँचे । त्यसै गरि नेपाल मगर महिला संघ बुटवल नगर समितीले मगर परिकार अवलोकनकर्ताहरु लाई चखाउन व्यस्त देखिन्थे भने गुल्मी ठुलो लुम्पेकका समुहले मगर समुदायको पुराना सामाग्री देखाउन त्यत्तिकै व्यस्त देखिन्थे ।

यसरी प्रथम मगर सास्ँकृतीक महोत्सव चैत २७ गते बाट सुरु भएर बैशाख १ गते समापन भएको थियो ।
 
 

 
 

कोई टिप्पणी नहीं: