बुधवार, 16 अप्रैल 2014

तीन गुणाले बढ्यो वैदेशिक अनुदान

काठमाडौं बैशाख ३। मुलुकमा राजनीतिक स्थिरताको संभावनासँगै वैदेशिक अनुदान उल्लेख्य मात्रामा बढेको छ । राजनीतिक स्थिरताविनाको वैदेशिक अनुदान बालुवामा पानि सरह हुने भएकाले दाताहरुले निर्वाचित र स्थायी सरकार भएको अवस्थामा बढी अनुदान दिने गर्दछन् । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा २७ अर्ब ५१ करोड रुपैयाँ वैदेशिक नगद अनुदान आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्ष यस्तो अनुदान ८ अर्ब ६८ करोड रुपैयाँ मात्रै थियो । गत वर्ष खिलाराज रेग्मीको अध्यक्षतामा चुनावी सरकार थियो भने यो वर्ष शुसील कोइरालाको नेतृत्वमा निर्वाचित सरकार छ । वैदेशिक अनुदानको वृद्धिदर पनि पछिल्ला महिनाहरुमा बढ्दो अवस्थामा छ । यसले दाताहरुले निर्वाचित सरकारलाई बढी सहयोग गर्ने संकेत गर्छ । यस अवधिमा बैदेशिक ऋण पनि उल्लेख्य मात्रामा बढेको छ । फागुन मसान्तसम्ममा नेपाल सरकारलाई वैदेशिक नगद ऋणवापत् १३ अर्ब ३५ करोड रुपैयाँ ऋण दिएका छन् । गत वर्ष यस्तो ऋण ६ अर्ब ९३ करोड रुपैयाँ मात्रै थियो । विकास निर्माणका कार्य गर्नका लागि सरकारले विभिन्न मुलुकहरुबाट ऋण लिने क्रम बढ्दो छ ।  

कोई टिप्पणी नहीं: