गुरुवार, 24 अप्रैल 2014

रौतहटको ब्रम्हपुरीमा भिषण आगलागी, एक बालकको मृत्यु

गौतम श्रेष्ठ ११ बैशाख, रौतहट । रौतहटको ब्रहृमपुरी-८ बामेटोलको दलित बस्तीमा विहीबार दिउँसो भएको भिषण आगलागीमा परेर एक बालकको मृत्यु भएको छ । दलित बस्तीमा भएको आगलागीमा परेर ३ वर्षीय बालक कृष गोसाईको मृत्यु भएको छ ।
Fire of Brahamapuri Rautahat आगलागीमाा तीस घर जलेर खरानी भएका रौतहटका प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिएका छन् । दिउँसो साढे १ बजेको समयमा स्थानीय सोगारथ गोसाईको घरबाट आगो सल्केको थियो । पश्चिमबाट चलेको हावाका कारण आगोले भिषणरुप लिएको हो ।
आगालागी शुरु हुने बितिकै गाँउले र प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपनि दुई घण्टासम्म लागेको आगोले बस्ती नै सखाप पारेको हो । प्रहरी र गौर नगरपालिकाको वारुणयन्त्रले तीन घण्टापछि मात्र आगो नियन्त्रणमा लिएको थियो । खपडाको छाप्रो भएका दलित बस्तीमा आगलागीमा घरमा निदाइरहेका बालकलाई निकाल्न बाबुआमाले भुल्दा उनको ज्यान गएको हो । स्थानीयले घरका सामानसमेत झिक्न पाएनन् । आगोले जल्न बाँकी बासिन्दाले सामान सुरक्षितस्थानमा सार्न पाए । आगलागीपछि महिलाहरुको क्रन्दन र रोदनले बस्ती नै शोकमा डुबेको छ । आगलागीबाट सोगारथ गोसाई, विनोद राउत, मन्टु दास, चनरदेव दास, कपिलेस्वर दास, रामसेवक दास, मनोज दास, रामकिशुन दास लगायतको घर जलेको हो । आगो नियन्त्रणका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरीले घण्टौ प्रयास गर्दा नसकेपछि नेपाली सेनालाई पनि परिचालन गएकिो थियो ।

आगलागीबाट घरबारविहीन भएका स्थानीय मानवीय क्षतिसमेत भएपछि बस्ती नै शोकमा डुबेको छ । आगलागीबाट ६० लाख भन्दा बढीको क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ ।
यो आगलागी रौतहटमा यो वर्षकै भिषण आगलागी समेत हो । आगलागीबाट जोगिन प्रशासनले जनचेतनामूलक सन्देश प्रवाह गर्दा पनि रौतहटमा आगलागीका घटना रोकिएको छैन ।
आगलागीबाट कपडा, खाद्यान्न, फर्निचर तथा घरायसी सामानका साथै नगदसमेत जलेको स्थानीय जानकी देवीले बताइन । ‘छोराको बिहेको लागि सबै सामना जोरजाम गरेको थिएँ’, आगलागीमा घर गुमाएकी जानकीदेवीले रुँदै भनिन, ‘एकसातापछि छोराको बिहे छ, सबैथोक खरानी भइसक्यो ।’
रौतहटमा एकमहिना यतामात्र ७ स्थानमा आगलागी भएको छ । सिमरी, जिङ्गडीया बेलबिछवा, शितलपुर, प्रेमपुर गोनाही, मत्सरी, पचरुखीको छतौना टोलपछि बिहीबार ब्रहृमपुरीमामा आगलागी भएको हो । एकमहिनाको अवधिमा जिल्लाका अलगअलग स्थानमा आगलागीबाट हालसम्म ८० भन्दा बढी घरगोठ नष्ट भएका छन् । 

कोई टिप्पणी नहीं: