गुरुवार, 24 अप्रैल 2014

अस्पतालले मृत बालिका दिएपछि...!

infant.jpg
वुटवल, वैशाख ११ - वुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाले उपचारका लागि ल्याइएको बालकको सट्टा मृत बालिका अभिभावकलाई जिम्मा लगाएको घटनाले अस्पतालको लापरवाही प्रकाशमा आएको छ । हिजो भीम अस्पताल भैरहवामा गोनाहाकी विद्या हरिजनले जन्माएको छोरा नरोएपछि बाबु कन्यैया हरिजनलगायतले अपरान्ह ४ बजे उपचारका लागि आम्दा अस्पताल बुटवलमा ल्याएका थिए । अस्पतालले राति करिब पौने १२ बजे मृत भन्दै अभिभावकलाई शिशु जिम्मा लगाएको थियो । शोकाकुल परिवारले आज बिहान अन्तिम संस्कार गर्ने क्रममा छोरी भएको थाहा पाएपछि अस्पतालमा खबर गरेका थिए । सुरुमा झुटो भनेको अस्पताल प्रशासनले भीम अस्पतालको रेकर्ड देखाएपछि मात्र उपचारमा संलग्न स्वास्थ्यकर्मीबाट गल्ती भएको स्वीकारेको थियो । पीडित विरोधमा उत्रेपछि अस्पतालले बच्चा साटिएको भन्दै बालकको उपचार भैरहेको बताएको छ । अस्पतालले बालकको उपचार निशुल्क गरिदिने प्रतिवद्धता जनाउदै घटनाको छानबिनका लागि ३ सदस्यीय छानविन समिति गठन गरेको छ ।  

कोई टिप्पणी नहीं: