गुरुवार, 17 अप्रैल 2014

एमाओवादी भन्छ, 'कनकमणि दिक्षितको नाममा आएको ८० लाख खोई ?'

शान्ति प्रक्रिया भाँड्न दिक्षितले ६० लाख लिए: भट्टराई  
काठमाडौ, वैशाख ४ - एमाओवादीले कार्यकर्ता पक्राऊ परेको विरोधमा बिहीबार पनि संसद् अवरुद्ध पारेका छन्। आज सुरु भएको संसद वैठकमा बोल्दै एमाओवादी सभासद् शक्ति बस्नेतले शान्ति प्रक्रिया भाड्नको लागि भइरहेको क्रियाकलापप्रति सरकारको ध्यान आकृष्ट नभएको आरोप लगाए । 'सरकारले शान्ति प्रक्रियाप्रति इमान्दार बन्ने छाँट देखाको छैन्, वर्तमान सरकार शान्ति प्रक्रिया अगाडि बढाउने भन्दा पनि कतैबाट परिचालित भएझैं देखिएको छ', उनले भने । उनले फुजेल घटनालाई डलरवादीले उचालेको आरोप कांग्रेसकै नेताले लगाएको बताए । बस्नेतले नर्वेजियन एम्बेसीबाट पत्रकार कनकमणि दीक्षितको नाममा निकासा भएको ८० लाख रुपैयाँको हिसाब खोजिनुपर्ने माग गरे । उनले लण्डनस्थित एचएसबीसी बैंकबाट दीक्षितको बैंक एकाउण्टमा राखिएको ५० हजार अमेरिकी डलरको समेत छानबिन हुनुपर्ने माग गरे ।
एमाओवादी अवरोधपछि सभामुख सुबासचन्द्र नेम्वाङले भोलिसम्मका लागि वैठक स्थगित गरेका छन् ।
एमाओवादी नेता तथा सभासद् बाबुराम भट्टराईले दीक्षितलगायत अन्य व्यक्तिले शान्ति प्रक्रिया भाड्नकै लागि ६० लाख रुपैयाँ लिएको दाबी गरे । उनले अदृश्य शक्तिको निर्देशनमा उक्त रकम लिइएको दाबी गरे ।
एमाओवादीले पक्राऊ गरी मुद्दा चलाइएका आफ्ना दुई कार्यकर्ता रिहाई नहुन्जेलसम्म संसद् अवरुद्ध गर्ने जनाएको छ । चितवन प्रहरीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा एमाओवादीका दुई कार्यकर्ता पक्राऊ गरी चितवन जिल्ला अदालतमा मुद्दा चलाएको छ । प्रहरीले पक्राऊ परेका दुईसहित १३ जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो ।

कोई टिप्पणी नहीं: