रविवार, 13 जनवरी 2013

अफगानिस्तानमा अमेरीकी सेनाले गरेको आक्रमणमा १५ नागरीकको मृत्यु

एजेन्सी पुस २९ । अमेरीकी नेतृत्वमा रहेको हवाइसेनाले अफगानिस्तानको वारदाक प्रान्तमा गरेको आक्रमणमा परी १५ सर्वसाधारणको मृत्यु भएको छ । सयादवाद जिल्लामा नागरीकको बसोवास रहेको क्षेत्रमा आक्रमण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अफगानमा संघर्षरत विद्रोहीलाई कारवाही गर्ने क्रममा हजारौं सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।
अमेरीकी नेतृत्वको सैनिकले अफगानमा सन् २००१ देखि कारवाही सुरु गरेको हो । अमेरीकाले सन् २०१४ सम्मा आफ्ना सैनिक फिर्ता गरी त्यहाँको सुरक्षा व्यवस्था अफगानी सैनिकलाइनै सुम्पने बताएपनि आक्रमको श्रृङ्खला भने रोकीएको छैन ।

कोई टिप्पणी नहीं: