रविवार, 13 जनवरी 2013

पवित्र तिर्थस्थल रुरु क्षेत्र रिडीमा भब्य मेलाको तयारी पुरा (फोटो फिचर सहित)

रिडी पुष २९ - बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि पवित्र तिर्थस्थल रुरु क्षेत्र रिडीमा भब्य मेलाको तयारी पुरा भएकोछ।अझ यसपाली नेपालका प्रथम राष्ट्रपती डा रामबरण यादब ज्यू को काली गण्डकी स्नान कार्यक्रमले यहाँका स्थानियहरु निकै उत्साहका साथमा माघीमेलाको रौनाक बढाउने तरखरमा देखिएका छन। रिडी बजारलाई धोज पटका लगाएर रङ बिरङ्का बत्तीबालेर दुलही जस्तै सजाइएकोछ। ३ जिल्लाहरुलाई आपसमा जोड्नका लागि बास र काठका मदतबाट फड्के पुल निर्माण गरिएकाछन। साथै कार्यक्रममा लोक दोहरिका राष्ट्रिय कलाकारहरु साथै स्थानिय कलाकारहरुले मेला भर्न आउने सर्ढालु भक्तजनहरुलाई नाच गान गरेर रमाइलो बनाउने छन। यस बर्ष पनि यो मेला ५ दिन सम्म चल्ने जानकारी प्राप्त भएकोछ। राष्ट्रपती आगमन साथ साथै यहाँको सुरक्षा ब्यबस्था पनि कडा पारीएकोछ।

फोटो- रुरु नेट्वर्क मार्फत 

कोई टिप्पणी नहीं: