कालीकोट, ११ कार्तिक। विजयादशमीको बिदामा गएका कालीकोट जिल्लाका सचिवहरु अझै नफर्किंदा सेवाग्राहीहरु समस्या झेल्न बाध्य भएका छन् ।
जिल्लाका ३० मध्ये २६ वटा गाविसका सचिवहरु बिदा मिलाएर सिप्खाना गाविस सचिव टोपबहादुर शाहीलाई जिम्मा दिई विदामा गएका थिए। मान्य, चिल्खाया, राँचुली र ओदानकु गाविस सचिवहरुले भने जिम्मा दिएका छैनन् ।
निमित्त स्थानीय विकास अधिकारी राजबहादुर शाहीले दसैँ बिदापछि लगत्तै फर्किने भने पनि हालसम्म नआई अटेर गरेको बताएका छन्। दसैँ बिदाको समयपछि काममा नफर्किंदासम्म कार्य गर्नका लागि सिप्खाना गाविस सचिवलाई प्रत्येक गाविसबाट दुई हजार रकम दिने भने पनि त्यो अनिश्चित भएको शाहीले बताए । रासस

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें