हैदराबाद, २७ असोज । इङ्गल्याण्ड विरुद्धको पहिलो एक दिवसीय कि्रकेटमा भारतले शानदार सुरुवात गरेको छ । हैदराबादमा शुक्रबार भएको पहिलो खेलमा घरेलु टिम भारतले एक सय २६ रनको जित दर्ता गराएको हो । खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको भारतले ७ विकेट गुमाएर तीन सय रन बनायाृे । कप्तान महेन्द्र िसंह धोनीले ७० बलमा अविजित रहँदै ८७ तथा सुरेश रैनाले ५५ बलमा ६१ रन जोडे । जवाफमा इङ्गल्याण्डले ३६ ओभर १ बलमा अल आउट हुँदै एक सय ७४ रन मात्र बनाउन सक्यो । स्पिनरहरु हावी भएको खेलमा चार खेलाडीले मात्र दोहोरो अंक जोड्ने क्रममा जोनाथन ट्रटले २६ रन बनाए । अजय जडेजा र रविचन्द्रन आश्विनले तीन तीन तथा उमेश यादवले दुई विकेट लिए । इङ्गल्याण्ड विरुद्ध अहिलेसम्मकै दोस्रो ठूलो फराकिलो जितसंगै भारतले पाँच खेलको श्रृंखलामा १ः० को अग्रता लिएको छ । केही समयअघि इङ्गल्याण्डमा हारेको लज्जास्पद पराजयको भारतले बदला लिने अनुमान गरिएको छ । दोस्रो खेल सोमबार नयाँ दिल्ल्ाीमा हुनेछ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें