विराटनगर, कार्तिक १२ - सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मोरङले ३० हजार रुपैयाँभन्दा बढीको पटका बरामद गरेको छ ।
गस्तीमा गएको सशस्त्र प्रहरी टोलीले उक्त पटका मोरङ जिल्लाको बिराटनगर २१ बाट बरामद गरेको सशस्त्र प्रहरी निरीक्षण गणेश थापाले जानकारी दिए । बरामद पटकामा सामान्य खालकोदेखि स्तरीय किसिमका समेत रहेको बताइएको छ ।
यसअघि सशस्त्र प्रहरीले मोरङकै विभिन्न स्थानबाट करिव सवा दुई लाख रुपैयाँ बराबरको पटका बरामद गरी मंगलबार नष्ट गरेको थियो ।
यसैगरी बिहीबार साँझ कपिलवस्तु जिल्लाको कृष्णनगरबाट सशस्त्र टोलीले करीव ५० हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार सुरक्षा वेस कृष्णनगरबाट खटिएको टोलीले बरामद गरेको विभिन्न खालको उक्त पटका थानीय सर्वसाधारण तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको छ ।
चाडपर्वलाई लक्षित गरी सीमावर्ती नाका हुँदै नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्रले उक्त पटका बरामद गरेको थियो ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें