शनिवार, 15 अक्टूबर 2011

नवलपरासीमा काँग्रेस कार्यकर्तामाथि गोली प्रहार

नवलपरासी, २८ असोज । अज्ञात समूहको गोली प्रहारबाट नवलपरासीको हकुई गाउँ विकास समितिमा काँग्रेस कार्यकर्ता चन्नर यादव घाइते भएका छन् । शुक्रबार राति आफ्नो घरतर्फ साइकलमा सवार हकुई– ५ निवासी ५९ वर्षीय यादवलाई अज्ञात समूहले घरनजिक आफ्नै गाउँमा गोली प्रहार गरेको थियो ।
यादवलाई भैरहवा भुमही सडकखण्ड अन्तर्गत नवलपरासीको हकुईबाट करिब ५०० मिटर दक्षिण भित्री सडकमा गोली हानिएको प्रहरीले जनाएको छ । उनको शरीरको पछाडि पट्टीको भागमा एक राउन्ड गोली लागेको छ । जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीका प्रमुख डा. रामाशङ्कर दिपले  उनको उपचार भइरहेको र  खतरा मुक्त रहेको बताउनुभयो । यादवलाई जिल्ला पृथ्वीचन्द्र अस्पतालमा उपचारपछि थप उपचारका लागि बुटवल सिफारिस गरिएको छ ।
यादवलाई कसरी, कति जनाको समूहमा आएर गोली हानिएको भन्नेबारे यकिन हुन नसकेको प्रहरीले जनाएको छ । यसैबीच काँग्रेस कार्यकर्ता यादवमाथि भएको गोली प्रहार गर्ने दोषीलाई तत्काल पक्राउ गरी कानुनअनुसार कारबाही गर्न नेपाली काँग्रेस नवलपरासीले माग गरेको छ ।

कोई टिप्पणी नहीं: