गुरुवार, 27 अक्तूबर 2011

छठअघिनै प्रमुख दलबीच सहमतिः प्रधानमन्त्री

baburam
काठमाडौं, कार्तिक १० - प्रधानमन्त्री बाबुराम भट्टराईले छठअघिनै प्रमुख दलवीच सहमति बनेर रोकिएको शान्ति प्रक्रिया अगाडि बढ्ने दावी गरेका छन् ।
रिपोर्टर्स क्लबको देउसी भैलो कार्यक्रममा बिहीबार सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीले शान्ति प्रक्रियाका थोरै मात्रै विषयमा सहमति बन्न बाँकी रहेकोले आगामी कार्तिक १३ गते तीन प्रमुख दलको बैठक बसेर बाँकी रहेका विषयमा सहमति कायम गरेर शान्ति प्रक्रिया अघि बढ्ने बताए ।
आफ्नो भारत भ्रमण अघिनै धेरै विषयमा सहमति बनिसकेको भन्दै उनले अब रोकिएकै ठाँउबाट छलफल गरेर सहमति कायम गरिने बताए । प्रधानमन्त्रीले भारत भ्रमणबाट फर्किने वित्तिकै फेरि सहमतिको लागि छलफल आफूले सुरु गरिसकेको जानकारी दिँदै बुधवार नेपाली काग्रेससँग छलफल गरेको र शनिवार एमालेसँग छलफल गरेर १३ गते तीन दलवीच निर्णायक वार्ता हुने बताए ।
शान्ति प्रक्रिया अगाडि नबढी संविधान निर्माण प्रक्रिया अगाडि नबढ्ने भएकोले शान्ति प्रक्रियामा गाँठो परेको भन्दै प्रधानमन्त्रीले प्रमुख दलवीच सहमति हुनैपर्ने बाध्यात्मक अवस्थाका कारण शान्ति प्रक्रिया र संविधान निर्माणमा केही ढिलाई भएको बताए । 'एकपक्षीय रुपमा गर्न सक्ने काम मैले तत्कालै गरिसके बाँकी काम एक्लै गर्न सकिदैन त्यसैले केही ढिला भएको हो,' उनले भने ।
प्रधानमन्त्रीले सुशासन र राहतका धेरै कार्यक्रम आफूले गर्न चाहे पनि संयूक्त सरकार भएकोले चाहेजस्तो काम गर्न नसकेकोले जनताले प्रत्यक्ष अनुभूत गर्न नसकेको भन्दै दुई महिनाको अवधी धेरै नभए पनि आफूले धेरै काम गरेको दावी गरे ।
आफ्नो भारत भ्रमण उपलब्धिमुलक भएको भन्दै प्रधानमन्त्री भट्टराईले नेपाल र भारतबीचको समस्यामा भ्रमणले 'आइसब्रेक' गरेको बताए । 'मेरो भ्रमणले दुई मुलुकबीच रहेको समस्या समाधानको दिशामा आईसब्रेक भएको छ । लामो समयदेखि जमेर बसेको हिउँ पग्लिएको आभास भएको छ,' उनले भने ।
तिहारलगत्तै 'ब्रेक थ्रु' : प्रधानमन्त्री मकर श्रेष्ठ

भक्तपुर- प्रधानमन्त्री बाबुराम भट्टराईले तिहारपछि नै दलहरुबीच महत्त्वपूर्ण 'ब्रेक थ हुने दाबी गरेका छन् ।
राष्ट्रिय बिभूति शंखधर साख्वाः प्रतिष्ठानले बिहीबार मध्यपुरथिमी स्थित शंखधर साख्वाको प्रतिमामा मार्याल्पर्ण कार्यक्रममा माल्र्षपण गर्दै उनले तिहार पछि नै 'ब्रेक थ भएको समाचार सुनाउने बताए । तिहार पछि नै शान्ति प्रक्रियालाई पूर्णतामा पुर्‍याउने र संबिधान निर्माणलाई एउटा महत्वपूर्ण बिन्दुमा पुर्‍याउने दाबी प्रधानमन्त्री भट्टराईको थियो । 'तिहार पछि नै शान्ति र संबिधान निर्माण गरि नयाँ नेपालमा रुपान्तरण गरिने छ । तपाईहरु ढुक्क हुनुहोस, अब शान्ति र संबिधान पुरा हुन्छ,' उनले भने ।   
प्रधानमन्त्रीले नेपाल संवत् नेवार जातीको सम्बत् नभई सबै नेपाली र नेपालको सम्बत् भएको चर्चा गरे । नेपाल संवत नेपालको सम्बत भएकाले यसलाई व्याबहारिक रुपमा प्रयोग गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउनका लागि आवश्यक राय, सुझाब पेश गर्नेगरि नेपालभाषा मंका खलः का अध्यक्ष पद्मरत्न तुलाधरको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको उल्लेख गरे ।
समितिले एक महिना भित्र प्रतिवेदन पेश गरेपछि नेपाल सम्बतलाई कसरी ब्याबहारिक रुपमा लागू गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताउनुभयो ।
प्रधानमन्त्री भट्टराईले मंका खलका अध्यक्ष पद्मरत्न तुलाधर, नेवाः दे दबूको संरक्षक मल्ल के.सुन्दर, र संस्थागत रुपमा ल्याय्म्ह पुचः थिमीलाई सम्मान गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेपाल सम्बत् नेपालीसंग जोडिएको सम्बत् भएकाले यसलाई सबैले ब्याबहारमा उतार्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणा, एमाले उपाध्यक्ष अशोक राई, नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष केशवमान शाक्य, महान्याधिवक्ता मुक्ति प्रधान, ईतिहासविद् जगदिशचन्द्र रेग्मी, प्रतिष्ठानका निवर्तमान अध्यक्ष मदनकृष्ण श्रेष्ठ, प्रतिष्ठानका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ लगायतले नेपाल संम्बत्लाई राष्ट्रिय सम्बतको रुपमा व्यबहार मै उतार्नु पर्नेमा जोड दिए ।
प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिभिन्न झाँकी तथा कलात्मक एवं परम्परागत नाचहरु प्रदर्शन गरिएको थियो ।

कोई टिप्पणी नहीं: