काठमाडौ, कार्तिक १ - कम आम्दानी गरिरहेका गैरआवासीय नेपालीबाट समेत मुलुकमा लगानी भित्र्याउन गैरआवासीय नेपाली (एनआरएन) संघले कम्पनी खोल्ने भएको छ । सीमित एनआरएनले मात्र नेपालमा लगानी गरिरहेको अवस्थामा थोरै पैसा भएका व्यक्तिलाई समेत लगानीमा सहभागी गराउन संघले कम्पनी खोल्न लागेको हो ।
'नयाँ कार्यसमितिको पहिलो बैठकले एनआरएनको पैसा एकीकृत रूपमा नेपालमा लगानी गर्ने उद्देश्यले कम्पनी खोल्ने निर्णय गरेको छ,' अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष जीवा लामिछानेले भने, 'त्यो कम्पनीमार्फत सबै मुलुकमा रहेको गैरआवासीय नेपालीले लगानी गर्न सक्ने अवस्था सिर्जना गर्छौं ।' उनले एक सातामै कम्पनी दर्ता गर्ने जानकारी दिए । कम्पनीमा नेपाली मूलका र नेपाली पासपोर्ट लिएर विदेशमा रहेका लगानीकर्तालाई समेटिने छ ।
हाल सानो समूहमा एनआरएनले नेपालमा लगानी गरेको उनले बताए । उनले थपे, 'त्यसैले एनआरएनले लगानी गरेजस्तो देखिएको छैन ।' नयाँ कम्पनीमा लगानी गर्न इच्छुक सबै गैरआवासीय नेपाली समेटिने छन् । बजेटले एक सय मेगावाटको जलविद्युत् आयोजनमा एनआरएनले लगानी गर्न सक्ने व्यवस्था गरेकाले आफूहरू त्यसमा उत्साहित भएको उनले बताए ।
संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले अरूलाई लगानी गर्न उत्साहित गर्न गैरआवासीय नेपालीले लगानी गर्नुपर्ने बताए । 'सरकारले गैरआवासीय नेपालीका साथै अन्यलाई पनि लगानी गर्न लोभ देखाउनु पर्छ,' उनले भने । उनले विदेशी लगानी भित्र्याउन मुलुकभित्र कर्पोरेट कल्चर हुनुपर्ने बताए । 'स्थानीय लगानीकर्तासँग सहकार्य गरेर विदेशी लगानीकर्ता आउन चाहन्छन्,' उनले भने, 'स्थानीय साझेदार कम्पनी राम्रो भए विदेशी लगानी आउने सम्भावना बढी रहन्छ ।'
अर्थमन्त्री वर्षमान पुनले एनआरएनबाट मुलुकले लगानीको आशा गरेको बताए । 'मुलुकमा आर्थिक परिवर्तन हुनुपर्छ भनेर त्यसै अनुसार सरकारले कार्यक्रम अगाडि बढाएको छ,' उनले भने, 'यसका लागि एनआरएनले अलगअलग वा सामूहिक रूपमा लगानी गर्नुपर्छ ।' एनआरएन दुई वर्षमा आएर हल्ला गर्नेको संस्था मात्र नभई निर्यात व्यापारमा बढाउन सहयोग गर्ने र मुलुक पहिचान बाहिरी मुलुकमा बनाउने संस्था हुनुपर्ने उनको जोड थियो ।
गभर्नर युवराज खतिवडाले एउटै कम्पनीमा सबै काम गर्नुभन्दा छुट्टाछुट्टै प्रकृतिको कम्पनी खोल्दा उचित हुने सल्लाह दिए । लगानीकर्ताको चाहना अनुसार छुट्टाछुट्टै कम्पनी खोल्दा राम्रो हुने उनको भनाइ थियो । सरकारले आगामी दुई वर्षलाई लगानी वर्षका रूपमा मनाउने योजना बनाएको बेला अर्थ मन्त्रालमा रहने लगानी वर्ष युनिटमा एनआरएन डेक्स राख्दा उचित हुने उनको सल्लाह थियो । वाणिज्यसचिव पुरुषोत्तम ओझाले कृषि क्षेत्रमा पनि लगानीको सम्भावना उच्च रहेको भन्दै एनआरएनलाई त्यसमा लगानी गर्न आग्रह गरे । ऊर्जासचिव बालानन्द पौडेलले एनआरएनको लगानीले अन्य लगानीकर्तामा पनि हौसला बढाउने बताए । 'एनआरएनले सामूहिक लगानी गरेर यसले अन्यमा राम्रो सन्देश जान्छ,' उनले भने । उद्योगसचिव शंकर कोइरालाले एनआरएनको कम्पनीलाई छिटो दर्ता गराउन सघाउने बताए ।
विदेशी लगानी भित्र्याउने उद्देश्यले सरकारले दुई दशकपछि लगानीकर्ताहरूको सम्मेलन गर्ने भएको छ । आर्थिक विकासका लागि विदेशी लगानी भित्र्याउने उद्देश्यका साथ सन् २०१२ मा भेला गर्न लागिएको हो । उद्योगसचिव शंकर कोइरालाले विदेशी लगानीकतर्ालाई नेपाल भित्र्याउने उद्देश्यले यस्तो कार्यक्रम गर्न लागिएको बताए । सन् १९९२ मा भएको सम्मेलनले विदेशी लगानी भित्र्याउन महत्त्वपूर्ण सहयोग पुर्याएको भन्दै पुनः गर्न सरकार उत्साही भएको उनले बताए ।
'लामो समयसम्म हुन नसकेको भेला गर्ने हामीले तयारी सुरु गरेका छौं,' उनले
भने । सरकारले सन् २०१२ र २०१३ लाई लगानी वर्षका रूपमा मनाउने तयारी गरिरहेको बेला त्यही अवधिमा भेला गर्न लागिएको हो । भेलामा नेपालमा लगानी गरिरहेका, सम्भावित विदेशी लगानीकर्ता, गैरआवासीय नेपालीलगायतलाई सहभागी गराइने छ । भेलामा नेपालमा सम्भावित लगानीबारे लगानीकर्तालाई जानकारी दिइने उनले बताए । यसका लागि सरकारले लगानीको सम्भावना भएका विभिन्न ५० आयोजना पहिचान गर्ने बताए । 'हामीले उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघसँग मिलेर लगानी गर्ने सकिने आयोजना पहिचान गर्ने काम सुरु गरेका हौं,' उनले भने ।

सरकारले लगानीकर्ता भेला गर्ने

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें