काठमाडौं, असोज २७ (नागरिक) - नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सरकारले पुनः अमरनाथ सिंहलाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले सिंहलाई दुई वर्षका लागि प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। सिंह यसपालि समेत गरी तेस्रोपटक प्रबन्ध निर्देशक भएका हुन्। प्रबन्ध निर्देशक विश्वनाथ गोयललाई हटाएर फोरम गणतान्त्रिकका जयप्रकाश गुप्ताले सिंहलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेका हुन्। गोयल माओवादीका तर्फबाट सञ्चारमन्त्री भएका कृष्णबहादुर महराको पालामा नियुक्त भएका थिए।
सिंहले यसअघि २०६५ पुसदेखि २०६६ बैशाखसम्म पहिलोपटक २०६६ असारदेखि २०६७ फागुनसम्म दोस्रो पटक प्रबन्ध निर्देशक भएर काम गरिसकेका छन्। दुवैपटक सिंहलाई हटाएर गोयल २०६६ वैशाखमा पहिलोपटक र २०६७ फागुनदेखि बिहीबारसम्म दोस्रोपटक नायब प्रबन्ध निर्देशक भएर काम गरेका छन्।
सिंहलाई पहिलोपटक महरा, दोस्रोपटक शंकर पोखरेल र तेस्रोपटक गुप्ताले प्रबन्ध निर्देशक बनाएका हुन्। गोयल भने दुवैपटक महरा सञ्चार मन्त्री भएको समयमा नियुक्त भएका हुन्।
सरकारले प्रबन्ध निर्देशकबाट हटाउने निर्णय गरे पनि गोयल पुरानै पदमा रहेर काम गर्ने बताए। गोयल र सिंह दुवै नायब प्रबन्ध निर्देशक हुन्।
'प्रबन्ध निर्देशकको लागि हाम्रो अफिसभित्र दुई जनाको लिगलिगे दौडले अति भयो,' टेलिकमकै एक अधिकारीले भने। कहिले सिंह कहिले गोयलको दौडले संस्था अहिले योजनाविहीन 'प्लान होलिडे' अवस्थामा पुगेको ती अधिकारीले बताए।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें