
काठमाडौं, २७ असोज। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पेट्रोलियम पदार्थको ढुवानी र बिक्री वितरणमा देखिएका समस्या समाधानका लागि सर्वपक्षीय बैठक आहृवान गर्नुभएको छ । जति मूल्यबृद्धि गरे पनि बजारमा सहज रुपमा पेट्रोलियम पदार्थ नपाइएको तथा कालोबजारी नरोकिएको जनगुनासो आएपछि प्रधानमन्त्रीले समस्या समाधानका लागि यस्तो अग्रसरता देखाउनुभएको हो ।
प्रधानमन्त्री भट्टराईले छलफलका लागि बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको हो। छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, आपूर्ति मन्त्रालय तथा नेपाल आयल निगमका अधिकारी सहभागी हुने बताइएको छ । छलफलमा प्रधानन्त्रीले तेल आपूर्ति नियमित गर्न तथा कालोबजारी र चुहाटव नियन्त्राणका लागि निर्देशन दिने बुझिएको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें