बाँके, कार्तिक ८ - मध्यपश्चिमका १० जिल्लामा अझै खाद्यान्न अभाव छ । दैलेख, जाजरकोट, प्यूठान, रुकुम, रोल्पा, जुम्ला, मुगु, हुम्ला, डोल्पा र कालिकोटमा खाद्यान्न अभाव भएको हो ।
सिँचाइ, स्थानीय माटो सुहाउँदो बिउबिजनको अभाव र परम्परागत खेती प्रणालीले उत्पादन कम भएका कारण ती जिल्ला खाद्यान्न संकटमा पर्दै आएका हुन् । क्षेत्रीय कृषि निर्देशनालयका अनुसार त्यहाँ आवश्यकभन्दा कम उत्पादन हुने गरेको छ ।
निर्देशनालयका सूचना अधिकृत डम्बरसिंह नेपालीले कृषिको क्षेत्रगत तथ्यांकले मध्यपश्चिममा खाद्य अभाव नभएको देखाए पनि पहाडी जिल्लामा खाद्य संकट रहेको बताए ।
खाद्यान्न अभाव कम गर्न ती जिल्लाहरूमा सडक निर्माण, स्थानीय उत्पादनको उपभोगलाई बढावा दिनुपर्ने र खाद्यान्न वितरण शैलीलाई वैज्ञानिक बनाउनुपर्ने निर्देशनालयका अधिकारीको सुझाव छ । तर खाद्यान्न अभाव हुन नदिन ती जिल्लामा खाद्य संस्थान र डब्लुएफपीले महँगो ढुवानीमा खाद्यान्न पुर्याउने गरेका छन् ।
तर बाँके, बर्दिया, दाङ, सुर्खेत र सल्यानमा जिल्लालाई आवश्यक पर्नेभन्दा बढी उत्पादन हुने गरेको छ । यहाँबाट ती जिल्लामा खाद्यान्न आपूर्ति हुने गरेको बताइए पनि खाद्यान्न अभाव हटेको छैन । बढी उत्पादन हुने जिल्लाको खाद्यान्न अभाव भएको ठाउँमा नभई भारत र नेपालकै अन्य जिल्लामा जाने गरेको छ । तर भारत र अन्य स्थानमा खाद्यान्न निर्यात भएको बारे अनुगमन हुन सकेको छैन ।
'कागजी रूपमा हेर्दा यो क्षेत्रलाई आवश्यक पर्नेभन्दा १ हजार मेटि्रक टन बढी उत्पादन देखिन्छ,' अधिकृत नेपालीले भने, 'तर वास्तविकता त्यो होइन । खाद्यान्न संकट छ ।'
जिल्ला आवश्यक उत्पादन
खाद्यान्न (मे.टन) (मे.टन)
दैलेख ५४ हजार ५१ हजार
जाजरकोट ३३ हजार २० हजार
प्यूठान ४७ हजार ४० हजार
रुकुम ५० हजार ४९ हजार
रोल्पा ४७ हजार ३४ हजार
जुम्ला २३ हजार १६ हजार
मुगु ११ हजार ८ हजार
हुम्ला ९ हजार ७ हजार
डोल्पा ७ हजार ४ हजार
कालिकोट २३ हजार १३ हजार

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें