२९असोज ,काशीनाथ तिवारीको हत्याको आरोप लागेका भूमिसुधार मन्त्री प्रभु साहलाई माओवादीले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको नागरिकन्युजकर्मी उजीर मगरले जनाएका छन्। आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले नागरिकन्युजलाई बताए।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी र मोर्चाको बैठकले राजीनामाको जिम्मा सम्बन्धित पार्टीलाई नै दिने सहमति गरेको थियो।
यसैअनुरुप रक्षामन्त्री शरत्सिंह भण्डारीको राजीनामा बारे मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले निर्णय गर्नेछ।
प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले विवादास्पद दुई मन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने अडान राखेको छ। संसदको बैठक पूर्व निर्धारित कार्यक्रम अनुसार आज बस्दैछ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें