इनरुवा, आश्विन २९ - मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको हत्यामा सरकारकै हात रहेको ठोकुवा गरेका छन् ।
'दिनदहाडै राजधानीको अति सुरक्षित मानिएको स्थानमा गोली हानेर अपराधी पैदलै जानु र पक्राउ पर्न नसक्नुले हत्यामा सरकारको संलग्नाको पुष्टी गर्दछ' आइतवार ईकान्तिपुरसंगको कुराकानीमा उनले भने ।
सरकारले फैजानको हत्या पछि गठित छानविन समिति भंग गरेर जाँचबुझको लागि उच्चस्तरिय आयोग गठन गरेको छ ।
केही दिन यता गृह जिल्ला सुनसरीको ग्रामिण क्षेत्रमा कार्यकर्ता भेटघाटको दौडाहामा रहेका अध्यक्ष यादबले प्रधानमन्त्री बाबुराम भटराईले तत्काल रक्षामन्त्री शरदसिंह भण्डारी र भुमिसुधार मन्त्री प्रभु साहलाइ राजिनामा गर्न लगाउनुपर्ने पनि बताए ।
देशको रक्षाको जिम्मा लिने ब्यक्तिले देश टुक्रयाउने अभिब्यक्ती दिनु कुनै पनि हालतमा देश र मधेशका जनतालाई स्वीकार्य नहुने यादवको चेतावनी थियो । उनले माओवादी नेतृत्वको सरकारले चलाइरहेको प्रहरीले दोषी देखाएका मन्त्री साहलाई पनि राजिनामा गराएर प्रधानमन्त्रीले नै अनुसन्धानमा सजिलो बनाइ दिनुपर्ने बताए ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें