सिन्धुली, आश्विन ३० - बीपी राजमार्गको खुर्कोट-नेपालथोक तेस्रो खण्डको ट्रयाक सडकमा आइतबारदेखि सवारी चलाउन प्रतिबन्ध लगाइएको छ । बढ्दो दुर्घटना कम गर्न शनिबार भएको सर्वपक्षीय बैठकपछि स्थानीय प्रशासनले सवारी आवागमन बन्द गरेको हो ।
बीपी राजमार्ग प्रयोग गरी राजधानी हिंडेका निजी तथा सरकारी सवारीलाई आवागमन बन्दको सूचना दिएर प्रहरीले सिन्धुलीबाट फर्काइ रहेको छ । खुर्कोट-नेपालथोक ट्रयाक सडकको स्तरोन्नति र फराकिलो नबनाउन्जेलका लागि बस, साना गाडी तथा अन्य भाडाका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाएको प्रमुख जिल्ला अधिकारी बेणीमाधव ज्ञवालीले जानकारी दिए ।
ट्रयाक सडकको जोखिमयुक्त स्थानको पहिचानका लागि प्रजिअ ज्ञवाली, स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय विकास अधिकारी, प्राविधिकको टोलीले आइतबार राजमार्गको तेस्रो खण्डमा पुगी प्राविधिक अध्ययन सुरु गरेको छ ।
टोलीले जोखिमयुक्त स्थान पहिचान गरी सडक आयोजना तथा जिविसको लगानीमा ट्रयाक सडक फराकिलो बनाउने तथा अप्ठेरा मोड कम गराउने काम आइतबारदेखि थाल्ने भएको छ । निर्माणाधीन राजमार्गको जापानी निर्माण कम्पनी हाज्मालाई ट्याक सडकको स्तरोन्नतिका गर्न अनुरोध गरिएको छ । धेरै दुर्घटना हुने स्थान पुरानो झाँगाझोलीको रिठ्ठेबाट ट्रयाक सडक फराकिलो बनाउन काम सुरु गर्ने जनाइएको छ । स्थानीय टोली र जापानिज निर्माण कम्पनीका प्राविधिकले ट्रयाक सडकको कसरी स्तरोन्नति गर्न सकिन्छ भनेर स्थलगत अध्ययन गरेका छन् ।
'हाम्रो अनुरोधमा ट्रयाक सडकको स्तरोन्नतिका लागि जापानी निर्माण कम्पनी हाज्मा आन्दोका प्राविधिकले समेत अध्ययन सुरु गरेकाले चाँडै सुधार हुने अपेक्षा गरिएको छ,' प्रजिअ ज्ञवालीले भने, 'जापानी निर्माण कम्पनी, स्थानीय निकाय, स्थानीय प्रशासन र यातायात व्यवसायी मिलेर सवारी साधन चलाउन उपयुक्त सडक बनेपछि मात्र खुला गरिनेछ ।'
सडक निर्माण कम्पनीले समेत सोही ट्रयाक सडक प्रयोग गरेर निर्माण सामग्री ओसारपसार गर्ने भएकाले आवागमन चाँडै खुला गर्नका लागि काममा सहयोग गरिने टोलीमा संलग्न एक स्थानीय नेताले बताए । उनले भने, 'आवागमन ठप्प हुँदा सडक निर्माण कम्पनीको समेत काममा बाधा पर्छ, त्यही भएर ट्रयाक सडकको छिटै स्तरोन्नति हुनेमा हामी आशावादी छौं ।'
तेस्रो खण्डको कुल ३७ किलोमिटर ट्याक सडकमा साँधी उकालो, खाल्टे उकालोलाई जेखिमयुक्त मानिएको छ । बढी दुर्घटना हुने र अप्ठ्यारो स्थानलाई सवारी साधन चल्न सक्ने बनाएपछि मात्र यातायात खुला गरिने प्रजिअ ज्ञवालीले जानकारी दिए । बर्दिवास, सिन्धुली, बनेपा सडकको कुल १६० किलोमिटर लम्बाइमध्ये १२३ किमिको निर्माण सम्पन्न भई जापानिज कम्पनीले नेपाल सरकारलाई हस्तातरण गरिसकेको छ । तेस्रो खण्डको निर्माणाधीन ३७ किलोमिटरमध्ये १४ किमि सडक यही वर्षको चैतसम्ममा निर्माण पूरा गर्ने लक्ष्य छ । सिन्धुलीमाढीबाट खुर्कोट र धुलीखेलबाट नेपालथोकसम्म भने यातायात सुचारु छ । बीपी राजमार्गको तेस्रो खण्डअन्तर्गतको ट्रयाक सडकमा असोज २६ गते बिहीबार भएको बस दुर्घटनामा ४१ र वैशाख २० गते भएको दुर्घटनामा १२ गरी ५३ जनाको मृत्यु भइसकेको छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें