गाईघाट(उदयपुर) , कार्तिक ८ - वैदेशीक रोजगारीको प्रलोभन देखाउँदै जिल्लाको विभिन्न क्षेत्रबाट दलालले ठूलो संख्यामा महिलालाई अवैध रुपमा खाडी मुलुक पठाएर ठगी गर्ने गरेका छन् । एक पटक रोजगारीमा गएर आएका र विभिन्न म्यानपावर कम्पनीको एजेन्ट बताउने दलाल समूहले निः शुल्क बैदेशीक रोजगारीमा खाडी मुलुकमा पठाएर ठगी गर्ने गरेका हुन् ।
राम्रो आम्दानीको प्रलोभन देखाउँदै जिल्लाको सुन्दपुर, बेल्टार, तपेश्वरी, चौडण्डी, सिद्धिपुर, बसाह र रामपुर ठोक्सीला लगायतका गाविसबाट महिलालाई भारतको बाटो हुँदै तेस्रो मुलुक पठाउने गरिएको हो । त्यसै गरी पश्चिम पहाडी क्षेत्रका गाविस हर्देनी, शिरिशे, थानगाउँ, लेखानी , बर्रे , इनामे र तावश्री समेतबाट किशोरी र महिला दलालको सहयोगमा विदेशी रहेका छन् ।
दलालले आर्कर्षक तलब र उच्चस्तरीय जीवनयापनको प्रलोभमा परी महिला खाँडी मुलुक साउदी, यमन, कुवेत लगायतका मुलुकमा पठाउँदै आएको स्थानीयले वताए । गरीबी र अशिक्षाको फाइदा उठाउँदै दलालले महिलालाई अवैध रुपमा वैदेशीक रोजगारमा पठाइरहेको चौडण्डीका सुरेन्द्र राईले वताए । उनले भने 'बर्षयता वैदेशीक रोजगारीमा जाने महिलाको संख्या बढेको छ ।' अधिकांस महिला घरेलु कामदारको रुपमा खाडी मुलुक जाने गरेको उनले वताए । महिलालाई बैदेशीक रोजगारमा पठाउने अधिकास दलाल कुवेत लगायका मुलुक गएर फर्किएका महिला नै छन् ।
ठगिएकी महिलाका अनुसार खाडी मुलुक मै भएका दलालले घरेलु कामदारको रुपमा काम लगाउने भन्दै अवैध काममा समेत लगाउने गरेका छन् । यसरी काम लगाई दिए वापत दलालले खाडीमै मोटो रकम असुल्ने गरको पीडित महिला बताउँछन् ।
बैदेशी रोजगारमा महिलालाई ठगी गर्ने गरको गुनासो आएको प्रमुख जिल्ला अधिकारी वीरबहादुर राईले बताए । उलने भने 'तर अहिलेसम्म लिखित उजुरी भने परेकेा छैन ।'

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें