राजविराज, कार्तिक ५ - सप्तरीको वभनगामा कट्टी गाविसस्थित मन्सापुर चौकमा सशस्त्र प्रहरीका एसपीमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजविराज-भारदह सडक खण्ड अन्र्तगत मन्सापुरमा सडकमै उभिएर लक्ष्मी पूजाको चन्दा माग गर्ने समूहले शुक्रबार राति सशस्त्र प्रहरी दन्तकाली गण बरमझियाका गणपत्ति सशस्त्र प्रहरी उपरिक्षक गोपाल गुरुङ्ग र उनका अंगरक्षकमाथि कुटपिट गरेका हुन् ।
निजी गाडी र शादा पोशाकमा आफ्ना अंगरक्षकसहित सशस्त्र प्रहरी उपरीक्षक गुरुङ्ग बरमझियास्थित गणबाट सदरमुकाम राजविराजतर्फ आउँदै गरेको समयमा चन्दा माग्ने समूहले रोकेर चन्दा माग गरेका थिए । त्यसपश्चात ती समूहलाई गुरुङ्ग र उनका अंगरक्षकले तथानाम गाली गर्न थालेपछि आक्रोशित त्यहाँको भिंडले गूरुङ्गमाथि जाई लागेका थिए । कुटपिटबाट एसपी गुरुङ्गको शरिरको विभिन्न भागमा चोट लागेको छ ।
घटनापछि जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय हनुमाननगर र सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय राजविराजको टोली एकै पटक घटनास्थल पुगेपछि चन्दा माग गर्दै एसपीलाई कुट्ने समूह भागेका थिए । त्यहाँबाट प्रहरीले चन्दा रसिद सहित वभनगामा कट्टी गाविस ७ मन्सापुरका सुरेन्द्र झा र वडा नम्बर ८ का महेश मण्डलाई पक्राउ गरेको छ । उनीहरुलाई राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
यता पक्राउ गर्नु अघि सुरक्षाकर्मीले एसपीमाथि कुटपिट गर्ने समूहको खोजी गर्दै निर्दोष केही बासिन्दाहरुमाथि पनि लाठीचार्ज गरेको स्थानीयहरुको भनाई छ ।
इलाका प्रहरी कार्यालय हुनमाननगरका प्रहरी नायब निरीक्षक विशेश्वर यादवले शादा पोशाकमा सशस्त्रका एसपी त्यहाँ पुगेपनि उनीमाथि कुटपिट नभएको दाबी गरेका छन् । उनका अनुसार चन्दा माग्ने समूहलाई बुझाउने क्रममा सामान्य भनाभन भएपनि कुटपिट गरिएको छैन ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें