शुक्रवार, 21 अक्टूबर 2011

प्रधानमन्त्रीको भारत भ्रमण, सम्झौता र बहश (फोटो फिचर)



दोहोरो कर हटाउने सम्झौता भएन-आकांक्षा शाह, नयाँ दिल्ली, कात्तिक ५,-  - भारत र नेपालले द्विपक्षीय लगानी प्रवर्द्धन र सुरक्षा सम्झौता (बीपा), २५ करोड डलर ऋण सम्झौता र स्वास्थ्य सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्। ऋणसम्बन्धी सम्झौता राष्ट्रपति रामवरण यादवको भ्रमणका क्रममा अन्तिम टुंगो लागेको थियो। यो रकम हालको ट्रान्समिसन लाइन अद्यावधिक गर्न र सम्वृध्द गर्न र नयाँ ट्रान्समिसन लाइन बनाउन प्रयोग गरिनेछ।
नेपालमा रहेका भारतीय कम्पनीहरु गैर व्यवसायिक कारणले बन्द भएमा नेपाल सरकारले क्षतिपूर्ति दिनुपर्ने बीपा सम्झौतामा हस्ताक्षर भए पनि नेपालले प्रस्ताव गरेको बहुप्रतीक्षित दोहोरो कर हटाउने सम्झौतामा भने हस्ताक्षर हुन सकेन। त्यसैगरी काठमाडौँ-तराई फास्ट ट्रयाक निर्माण सम्बन्धी एक अर्ब डलरको ऋण सम्झौतामा पनि हस्ताक्षर हुन सकेन। यी सम्झौता नेपाल र भारतका प्रधानमन्त्रीबीच नयाँ दिल्लीको हैदराबाद हाउसमा भएको हो। 

(सम्पूर्ण फोटो फिचर)










कोई टिप्पणी नहीं: