नेपालगन्ज, कार्तिक ७ - अमेरिकी विदेश मन्त्रालय र राजदुतावसका उच्च अधिकारीहरुले पश्चिम तराईको सुरक्षा अबस्थाको स्थलगत अध्ययन गरेका छन् ।
द्वन्द्व र बिकासको अबस्था अध्ययन गरी देखिएका समस्याको निराकरणका खोज्ने उद्देश्यले मध्य तथा सुदुरपश्चिमका तराईका केही जिल्लाको अवस्था अध्ययन गरेका हुन् । अमेरिकी सुरक्षा अधिकारी सहितको सो टोलीले आफनो मुलुका नागरिक सुरक्षित भए/नभएको सम्बन्धमा नेपाली सुरक्षा अधिकारीसँग बुझेका छन् ।
अमेरिकी विदेश मन्त्रालयको कुटनीतिक सुरक्षा विभागका सुरक्षा सहचारी केनेट पे जोन सहितका सुरक्षा अधिकारीले मंसिरको पहिलो साता हुने भनिएको 'सुरक्षा र बिकासको मिसन' भ्रमणलाई मध्यनजर गर्दै बाँके लगायत तराई क्षेत्रको स्थिति बुझेका हुन् ।
तराईको बर्तमान अबस्था अध्ययनपछि आर्थिक सहयोग उपलब्ध गराउन नर्वेका युवराज र प्रिन्सेजसँगै संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि हेलेन कर्क सहितको कुटनीतिक टोली यहाँ आउने कार्यक्रम छ ।
सुरक्षा र बिकासको मिसन सहित आउने ती अधिकारीले माओवादीका अयोग्य लडाकूलाई दिंदै आएको आर्थिक सहयोगका बारेमा पनि पुर्नमूल्याङकन गर्ने छन् । प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले कान्तिपुरसित भने, 'नर्बेजीएन युवराजको भ्रमणलाई पनि मध्यनजर गर्दै अमेरिकीहरुले तराईको अवस्था अध्ययन गरेका हुन् ।'
अमेरिकी राजदुतावासका क्षेत्रीय सुरक्षा अधिकृत रोगरभान्स फ्रोर्ड सहायक क्षेत्रीय सुरक्षा अधिकृत क्यानेथ के जेन्स र सुरक्षा अनुसन्धन कर्ता सुभाष श्रेष्ठ सहितको टोलीले प्रशासन , नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरुलाई भेटेर राष्ट्रिय र अन्तराष्ट्रिय आतंकवादको अबस्थाका सम्बन्धमा जानकारी लिएका छन् ।
'बिदेशीलाई यहाँ आएर कामगर्न थ्रेट छ छैन ? भन्ने बिषयमा पनि जानकारी लिए,' सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय बाँकेका सशस्त्र प्रहरी उपरीक्षक महेश श्रेष्ठले भने, 'अन्तराष्ट्रिय आतंकवादको अवस्था बुझनु पनि भ्रमणको उद्देश्य थियो ।'
अहिलेको सुरक्षा अबस्थामा कसरी सुधार गर्न सकिन्छन भन्ने सम्न्धमा पनि उनीहरुले नेपाली सुरक्षा अधिकारी विचार बिमर्श गरेका छन् । तर सिमा पारी बसेर तराईमा सन्चालित हिसात्मक गतिबिधि नियन्त्रणका सम्बन्धमा अमेरिकी सुरक्षा अधिकारीले अपेक्षित चासो नदेखाएको स्रोतले बतायो ।
खास गरि अमेरिकी नागरिक तराईमा आएर काम गर्न सक्ने नसक्ने र उनीहरु माथिको खतराको अवस्थमा ती अधिकरीले बढी जोड दिएका थिए । 'अन्तराष्ट्रिय र राष्ट्रिय गैरसरकारी सस्थाले निर्बाध ढंगले कामगर्न सक्ने नसक्ने अबस्था के छ ?त्यसको जानकारी लिए,'जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार अमात्यले बताए ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें