शुक्रवार, 14 अक्टूबर 2011

रोए माओवादी अध्यक्ष दाहाल

चाँदनी हमाल, चितवन, असोज २७- एक साताअघि निधन भएका पिताको श्रद्धाञ्जली सभा अवधिभर माओवादी अध्यक्ष पुष्पकमल दाहाल रोइरहे। उनका आँखा यो अवधिमा ओभाएनन्। भाइ गङ्गारामको निवास भरतपुर-६ वैद्धिकनगरमा आयोजित सभामा आएदेखि नै उनी पिता मुक्तिराम सम्झेर भावविहल भइरहे।
कार्यक्रमको समेत अध्यक्ष उनी हरेक वक्ताले पिताको गुणगान गाउँदापिच्छे पिलपिल आँसु झारिरहेका थिए। दाहालसँगै बसेका भाइ गङ्गाराम पनि उनीसँगै पिताको विछोडको पीडामा रोइरहेका थिए। दिउसो एक बजे हुने भनिएको कार्यक्रम करिब दुई बजेमात्र भएको थियो। त्यो खाली समयमा दाहाल दिदी-बहिनी र आफन्तसँग घरभित्रै रहे।

पार्टी विवादले गुट/उपगुट भए पनि मोहन वैद्य निकट नेतासमेतले मुक्तिरामको सपना पूरा गर्दै पार्टी र देशलाई एकताबद्ध बनाउन दाहाललाई आग्रह गरे। उनीहरुले मुक्तिरामलाई कम्युनिष्ट क्रान्तिको प्रेरणाको स्रोत भएको बताएका थिए। वैद्य स्वयम् उपस्थित नभए पनि उनी पक्षका देव गुरुङ, नेत्रविक्रम चन्दलगायतका नेताले दाहालका पितालाई श्रद्धाञ्जली दिए। अन्य पार्टीका नेता तथा सर्वसाधारणले पनि मुक्तिरामप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

दाहालको बोल्ने पालो आउँदा उनको स्वर रोएर बाँधिएको जस्तो भएको थियो। बालक सुक्सुकाएको जस्तो स्वरमा उनले पिता गरिब किसान भए पनि इमानदार, मेहनती र निष्ठावान भएको बताए। 'बुबा राति पनि हलो जोत्नुहुन्थ्यो, उनले चितवनको शिवनगरमा बाबुसँग बिताएका क्षण सम्झना गरे- परिवारका लागि रातदिन दुख गर्नुहुन्थ्यो।

मरिसकेपछि उसको राम्रा कुराहरुको सम्झना गर्ने भएकाले पिताबाट आफूले नयाँ संस्कार र आत्मविश्वास सिकेको उनले बताए। अन्तिम अवस्थामा शान्ति र संविधानका प्रेरणा आफ्ना पिता बनेको दाहालले उल्लेख गरे।

विवादले पार्टी फुट्न लागेको दु:ख पनि दाहालले पिताकै श्रद्धाञ्जली सभामा बिसाए। 'पार्टी एकताको सुरुवात् आजैका दिनदेखि भएको छ, उनले भने- पार्टीले लिएको बाँकी उदेश्य र काम पूरा गर्ने पिताकै श्रद्धाञ्जलीमा प्रतिज्ञा गर्छु। पार्टी एकताको सुरुवातको नयाँ झझल्को लागेको छ मलाई भन्दै दाहालले थपे- पार्टी फुट्ने छैन। पिताले मिलेर बढ्ने जे शिक्षा र संस्कार दिनुभएको छ, त्यसमा इमानदार रहन्छु।

कोई टिप्पणी नहीं: