मंगलवार, 18 अक्टूबर 2011

आज पनि व्यवस्थापिका-संसद अवरुद्ध, भण्डारीको राजीनामा आएन

काठमाडौं, कात्तिक १ (नागरिक)- मुलुक टुक्रयाउने विवादास्पद अभिव्यक्ति दिने रक्षा मन्त्री शरदसिंह भण्डारीको राजीनामा नआएको भन्दै आज पनि प्रतिपक्षी दलहरुले संसद चल्न दिएनन् । एमाले संसद अग्नि खरेलले भने- भण्डारीको ठाउँमा सर्वसाधारण भइदिएका भए उसको हातमा यतिबेला हतकडी भइसक्ने थियो। उनले सोधे- भण्डारी मन्त्री भएकै कारण छुट हुन्छ ? उनलाई राज्य विप्लवको मुद्दा लाग्नुपर्दैन ? आजको संसदमा कङ्ग्रेसबाट शोभाकर पराजुली र लक्ष्मण घिमिरेले बोलेका थिए भने एमालेबाट खरेलले बोलेका थिए। उनीहरुले देश विरोधी अभिव्यक्ति दिने मन्त्री भण्डारीलाई नहटाएसम्म संसद चल्न नदिने अडान आज पनि दोहोर्‍याए।

कोई टिप्पणी नहीं: