बुधवार, 26 अक्तूबर 2011

क्षेत्रीय सुरक्षा बैठकले पनि रोकिएन पटका आयत

 कैलाली ९ कात्तिक ।   तिहारको समयमा सरकारले पटाका आयातमा प्रतिबन्द गरेपनि कैलालीको सदरमुकाम धनगढी लगायत मध्यवर्ती र पूर्वीक्षेत्रमा भने निर्वाध रुपमा पटाका भित्रिरहेका छन् ।
पटाकाको लुकाई छिपाई आयात हुने काम नरोकिएकाकारण कैलालीमा यस वर्षपनि पटाका पडकिने क्रम जारी छ ।
तिहारको आगमनसागै कैलालीको धनगढी, टीकापुर, लम्की, प्रतापपुर, बौनिया, सुखड, पहलमानपुर, मसुरीयालगायतका क्षेत्रमा पटाका पड्कीने क्रम बढ्दो छ । नेपाल९भारत खुला सिमानाका कारण यस्ता किसिमका प्रतिबन्धित सामान सहजैसाग नेपाल भित्रिने गरेको छ ।
तर, त्यसको रोकथामका लागि भने कतैबाट पनि पहल हुन सकेको छैन । कैलालीको दोस्रो ठूलो शहर टीकापुर, खक्रौला, सुखड, भजनी, पहलमानपुर, मसुरीया र  हसुलीया क्षेत्रबाट पटका भित्रिरहेको स्थानीयवासीको भनाइ छ ।
शहरभन्दा गाउँतिर बढी मात्रामा पटाकाहरु खुलेआम बिक्री हुने गरेको छ । गाउँका किराना पसलदेखि सडक छेउमा राखिएका नाङ्लो पसलहरुमा समेत पटाकाको किनबेच भइरहेको लम्कीका पत्रकार डम्बर बलमे बताए ।
इलाका प्रहरी कार्यालय लम्कीका इञ्चार्ज मोहनबहादुर सिंहले भने बलिया गाविसको राजनीतिक संयन्त्रमा पटाका बिक्रीमा रोक लगाइने निर्णय भएकाले यस्ता किसीमका कार्य गर्ने जो कोहीलाई पनि कारबाही गर्ने बताएका छन् । कुनैपनि व्यक्ति तथा पसलले पटाकाको किनबेच गरेको पाइएमा कानुनी कारबाही गरिने सिंहले जानकारी दिए ।

कोई टिप्पणी नहीं: