नेपालगन्ज, कार्तिक ९ - उपप्रधान तथा गृहमन्त्री विजय गच्छदारले मंसिर १४ गतेभित्र पनि शान्ति प्रक्रिया टुंगोमा नपुगे मधेसी मोर्चाले कठोर निर्णय लिने बताएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले जस्तोसुकै बिरोध भए पनि टुंगोमा पुर्याउने प्रतिबद्धता जनाएकाले आफू विश्वस्त रहेको उनले बताए ।
माओवादी भित्रको विवादले मधेसी मोर्चासंगको गठबन्धनलाई कुनै असर नपर्ने दाबी गर्दै गृहमन्त्री गच्छदारले भने, तर, एउटै पार्टीको बहुमत नभएकाले सरकारको स्थिरताबारे प्रश्न उठ्नु स्वभाविक छ । प्रधानमन्त्रीको राजीनामा माग्नेहरुलाई संसदमा अविश्वास प्रस्ताव ल्याउन गच्छदारले चुनौती दिएका छन् ।
मधेसी पत्रकार समाजले बुधबार नेपालगन्जमा गरेको पत्रकार भेटमा गृहमन्त्री गच्छदारले ठूला राजनीतिक दलहरुले ऐतिहासिक दायित्व निर्वाह गरेर शान्ति प्रक्रिया टुंगोमा पुर्याउन र संविधान लेख्ने कामलाई निष्कर्षमा पुर्याउनु पर्ने सुझाब दिएका छन् ।
मंगलबार सम्पन्न मध्यपश्चिम क्षेत्रस्तरीय सुरक्षा भेलामा सहभागी हुन नेपालगन्ज आएका गृहमन्त्री गच्छदार बुधबार बिहान कार्यकर्ता भेटघाटपछि राजधानी फर्केका छन् ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें