म्याग्दी, कात्तिक १०- बागलुङबाट देउसी भैलो खेल्न म्याग्दी सदरमुकाम बेनीबजार आएको द राइजिङ डान्स ग्रुपमाथि गएराति म्याग्दीको बेनीमा आक्रमण भएको छ। मदिरा सेवन गरी आएको उच्छृङ्खल युवाको समूहले अन्दाधुन्द कुटपिट गर्दा देउसी भैलोमा सहभागी केही युवायुवती घाइते भएका छन्।कुटपिटबाट घाइते अनिल चर्मकार, पवन विक र सुजन नेपालीलाई उपचारका लागि पोखरा लगिएको डान्स गुपका सचिव ताराकान्त विकले बताए। कुटपिटमा संलग्न दिनेश पुन, प्रकाश गर्बुजा सरुन सेरपुञ्जा र विवेक छन्त्यालको मात्र पहिचान खुलेको छ।
यसैबीच, कुटपिटमा संलग्न युवाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक दिनेशकुमार आचार्यले मदिरा सेवन गरी होहल्लासँगै कुटपिटमा संलग्नलाई खोजी गरी आवश्यक कारबाही गरिने बताए। रासस
यसैबीच, कुटपिटमा संलग्न युवाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक दिनेशकुमार आचार्यले मदिरा सेवन गरी होहल्लासँगै कुटपिटमा संलग्नलाई खोजी गरी आवश्यक कारबाही गरिने बताए। रासस
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें