शनिवार, 22 अक्तूबर 2011

नयाँ अध्यायको सुरुवात : प्रधानमन्त्री

आकांक्षा शाह, नयाँ दिल्ली, कात्तिक ५- प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल-भारत सम्बन्धमा आफ्नो भ्रमणले नयाँ अध्यायको थालनी गरेको बताएका छन्। उनले भारतसँग हस्ताक्षर भएको दुई पक्षीय लगानी एवं सुरक्षा (बीपा) सम्झौता राष्ट्रहित विरपरित नभएको बरु दुई देशको आवश्यकता भएको उल्लेख गरे। भारतको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री भट्टराईले आफू बसेको होटल लीलामा पत्रकार सम्मेलन गर्दै यस्तो कुरा बताएका हुन्। नेपाली र विदेशी पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने- 'सबै कुरा विश्वास र भरोसा हो।' विश्वास र भरोसा बलियो पार्नै आफ्नो भारत भ्रमण भएको उनले बताए। 'भारत भ्रमणप्रति म अत्यन्त खुशी छु। बीपा हाम्रो राष्ट्रिय स्वार्थ हो।'

'हामी दुई पक्षीय स्वार्थका विषयमा सहयोग पुर्‍याउन वातावरण बनाउन तयार भएका छौं', उनले भने- 'सबै वास्तविक सरोकारलाई सम्बोधन गर्न भारत तयार हुनुपर्छ।' प्रधानमन्त्री भट्टराईले माओवादीसँगको 'चिन्ताजनक र शंकास्पद' सम्बन्ध स्पष्ट पार्न समेत भ्रमण राम्रो अवसर भएको उल्लेख गरे।
यसैगरी अर्थमन्त्री वर्षमान पुनले नेपालको आर्थकि सम्वृद्धिका लागि नेपाल-भारत सहयोग महत्वपूर्ण रहेको बताएका छन्। प्रधानमन्त्री भट्टराईको टोलीसँगै नयाँ दिल्ली आएका अर्थमन्त्री शनिबार बिहान भारतीय अर्थमन्त्री प्रणव मुखर्जीसँगको बैठकपछि नागरिकन्युजसँग भने- 'दोहोरो कर खारेज गर्ने सम्झौता छिटै हुन्छ।'
दुई पक्षीय लगानी एवं सुरक्षा (बीपा)ले आर्थिक विकासप्रतिको नेपालको इमान्दारिता पेश भएको उल्लेख गर्दै सम्झौता दीगो आर्थिक सम्वृद्धितर्फ केन्द्रित भएको बताए। 'लगानीको सुरक्षा बारे केही शंका थिए बीपाले हाम्रो प्रतिबद्धता पेश गरेको छ', अर्थमन्त्री पुनले भने- 'जोखिमहरु अझै छन् तर हामी अघि बढ्छौं।'
दोहोरो कर हटाउने सम्झौतामा हस्ताक्षर गर्न सक्दो चाँडो भारतीय अर्थमन्त्री मुखर्जी काठमाडौं आउने आश्वसन दिएको उनले बताए। प्राविधिक कुरा नमिल्दा यो सम्झौतामा हस्ताक्षरमा हुन नसकी स्थगित भएको छ।

1 टिप्पणी:

यश चौतारे ने कहा…

jangge le je garyo thik garyo.... Rin nabhai ghar ko pani unnati hudaina ... Thanks alot PM Babu ram ji lai.