काठमाडौं, कार्तिक १३ - पर्यटकीय नगरी ठमेलको मुख्य आकर्षण बन्दै आएको मसाज व्यवसायको दुई साताअघिदेखि नियमित अनुगमन सुरु भएको छ । ठमेल पर्यटन विकास परिषदका अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले पहिलो चरणको अनुगमनमा ६० प्रतिशत मसाज पार्लरमा यौन व्यवसाय सञ्चालन भएको देखिएकाले अनुगमन थालिएको बताए ।
परिषदका अनुसार ठमेलका मसाजमध्ये ७५ वटा वैधानिक रुपले र १० वटा विनादर्ता सञ्चालनमा छन् । पहिलो चरणको अनुगमनपछि तोकिएको आचारसंहिताको पालना गर्न एक महिनाको समय दिइएको श्रेष्ठले बताए । उनले दोश्रो पटकको अनुगमनमा आचारसंहिताको पालना नगरेको देखिए मसाजमा ताला लगाइने जानकारी दिए ।
पाँच महिनाअघि परिषदले जारी गरेको आचारसंहितामा स्पष्ट पोसाक, ब्रान्डेड तेलको प्रयोग, पारदर्शी कोठा, आधिकारिक प्रमाणपत्र भएका दक्ष एवं उमेर पुगेका कामदार, परिषद्, महानगरपालिका र मसाज व्यवसायी संघको सदस्यता अनिवार्य रूपमा लिनुपर्ने मापदण्ड तोकिएको थियो ।
'मसाजको आडमा गलत काम गर्नेलाई धेरै रकमको लोभमा फल्याट बहालमा नदिन घरबेटिलाई समेत अनुरोध गरेका छौं,' उनले भने । परिषदको अगुवाईमा प्रहरी, नागरीक समाज, स्थानीय निकाय र मसाज व्यवसायी संघको संयुक्त टोलीले अनुगमन गरिरहेको छ ।
'हाम्रो लक्ष्य मसाजलाई पुरै राम्रो र व्यावसायिक बनाउने हो,' मसाज व्यवसायी संघका अध्यक्ष केबी लामाले बताए । व्यवसाय बन्द गराएर कसैको रोजीरोटी खोस्नेभन्दा पनि उचित मापदण्डअनुरुप यसको सञ्चालन र व्यवस्थापनमा जोड दिएको उनले बताए ।
सोह्रखुट्टे प्रहरी प्रभागका इन्चार्ज इन्स्पेक्टर डिबी थापाले स्थानीयवासीको सहयोगमा प्रहरीले छड्के जाँच गरिरहेको बताए । 'स्थानीय युवावर्गलाई नक्कली ग्राहक बनाएर अनुगमन गरिरहेका छौं । समाउने, चेतावनी दिने र सार्वजनिक अपराधमा कारवाही गर्ने क्रम जारी छ,' उनले भने ।
उनले तीन महिनाभित्र राम्रो र नराम्रो काम गर्ने मसाज र स्पाको पूर्ण सूची तयार गरिने र त्यहीअनुरुप कारवाही अघि बढ्ने बताए । यौन व्यवसाय गरेको प्रमाणित भएमा मुख्य सञ्चालकलाई मानव वेचविखन र घरबेटिलाई मतियारको रुपमा कारवाही गर्न पछि नहट्ने थापाले बताए ।
अनुगमनमा खटिएका सुरक्षा टोलीका अनुसार यौन व्यवसाय हुने प्रायःजसो मसाज पार्लरहरू बहालवाला र निवृत्त प्रहरी र सेनाकै परिवारजनले चलाएको हुनाले कारबाहीमा जान गाह्रो हुँदै आएको छ ।
विभिन्न दलसँग निकटका नातेदार र उनीहरुका केटी साथीहरुले पनि यस्तो व्यवसाय चलाउने हुनाले कारबाहीमा जानुभन्दा अगाडि 'पटकपटक सोच्नुपर्ने' प्रहरीहरूले बताए । चौतफिर् दवाबकै कारण ठोस सूचना पाएर पनि पहुँचवालाको मसाज, स्पा र कोठीमा छापा मार्न नसकेको उनीहरुको भनाइ छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें