सोमवार, 24 अक्तूबर 2011

'बिपा सम्झौता देशलाई आवश्यक थिएन्'

JN Khanal
काभ्रे, कार्तिक ७ - एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँग गरेको बिपा सम्झौता राष्ट्रघाती भएको आरोप लगाउँदै बिपा सम्झौता देशलाई अहिले आवश्यक नरहेको टिप्पणी गरेका छन् ।
सोमबार एमाले जिल्ला कमिटी काभ्रेले आयोजना गरेको शुभकामना आदान प्रदान समारोहमा खनालले सम्झौतापछि नेपालको राष्ट्रियतामा आँच आउन सक्ने बताए ।
'बिपा सम्झौता अहिले नेपाललाई आश्वयक थिएन,' उनले भने 'शान्ति प्रक्रिया पुरा नभई, संविधान घोषणा नभई र देशको अर्थतन्त्र सबल नभए सम्म देशलाई दुरगमी रुपमा असर पार्ने बिपा सम्झौता गर्न हुँदैन्थ्यो ।'
सम्झौता गरेर माओवादीले तहसनहस पारेको उद्योग धन्दाको क्षतिपूर्ति राज्यले तिर्नु पर्ने अवस्था वर्तमान सरकारले खडा गरेको उनले दाबी गरे । वर्तमान सरकार अवसरवादीहरुको गठबन्धन रहेको उनको खुलास गरे ।
'अहिलेको सरकार अवसरवादी गठबन्धन हो,' उनले भने, 'यो सरकारले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डतालाई जोगाउन सक्दैन ।' सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि आँच आउने सबै सम्झौतामाथि एमालेले खुलेरै विरोध गर्ने उनले जनाए ।

कोई टिप्पणी नहीं: