बारा , कार्तिक ७ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी नटुक्रिने बताएका छन् । बाराको सिमरा विमानस्थलमा संचारकर्मीसँग सोमबार संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
दाहालले आफ्नो भारतीय गुप्तचर संस्था 'र' सँग कुनै सम्बन्ध नभएको बताउँदै यस्ता कुराको कुनै तुक र तर्क नभएको जनाएका हुन् ।
यदी नेपाली जनतालाई त्यस्तो लाग्छ भने आफ्नो भन्नु केही नरहेको उनले बताए । लगानी प्रबर्द्धन गर्ने उद्देश्य सहित भारतसँग भएको लगानी प्रबर्द्धन तथा संरक्षण सम्झौता (बिपा) बारे मंगलबार हुने पार्टीको स्थायी समितिको बैठकमा छलफल गरिने अध्यक्ष दाहालले बताए ।
यी सबैको बारेमा पार्टीको अधिकारिक धारणा स्थायी समितिको बैठकपछि आउने दाहालले बताए । वीरगंजमा नेपाल सम्वत, शुभ दीपावली, छठ तथा बकरिद पर्वको अवसरमा भइरहेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन दाहाल सिमराबाट सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।
उनका सिमरा विमानस्थलमा माओवादीका कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । उनीसँग गिरिराजमणी पोखरेल लगायतका नेतासँगै आएका थिए ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें