काठमाडौ, कार्तिक ६ - करातेका राष्ट्रिय प्रशिक्षक टिकाराम मोटे बसाइ (जीबन) ले अन्तराष्ट्रिय खेलुकदमा सहभागी गराउन भन्दै खेलाडी बनाएर बैदेशीक रोजागारीमा पठाउने गरेको खुलेको छ ।
नेपाल पेनकेक सिलात संघका अध्यक्ष रहेका सुनसरी इनरुवाका टिकारामले प्रतिब्यक्ति ३ लाख पचास हजार रुपैया लिई कुवाकोट(३ स्याङजाका १२ जनालाई ठगी गरेको छ । उनीहरुलाई प्रति महिना एकलाख २० हजार रुपैया तलब पाइन्छ भनेर मकाउ र हंङकङ लगेर अलपत्र पारेका थिए ।
बैदेशीक रोजगार बिभागका अनुसार पीडितहरुमा सुमन श्रेष्ठ, कष्णप्रसाद श्रेष्ठ, कृष्ण थापा, शंकर थापा, उदयराज माझी, बिष्णुप्रसाद श्रेष्ठ, चित्रकुमार श्रेष्ठ, बिरेन्द्र कौशल, हुमबहादुर कौशल लगायत रहेका छन् । उनीहरुलाई सिंगापुरस्थित पेनकेकद्धारा आयोजित तालिममा सहभागी हुन भनेर लगिएको थियो । अलपत्र परेका पीडितहरुलाई स्याङजाका गंगा थापाले सात सय डलर खर्च गरी उद्धार गरेका थिए ।
पीडितले बैदेशीक रोजगार न्यायधिकरणमा ४२ लाख बिगो, त्यसको ५० प्रतिशत क्षतिपुर्ति र स्वदेश फर्काउन लागेको सातसय डलर दिलाइदिन मुद्दा दयार गरेका छन् । पीडितहरुका अनुसार टिकारामले खेलाडी बनाएर अरुलाई पनि ठगिरहेका छन् ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें