शनिवार, 15 अक्टूबर 2011

शोकमा सिन्धुली

सिन्धुली, आश्विन २८ - बस दुर्घट्नामा बिहीबार ठुलो संख्यामा ज्यान गएपछि सिन्धुली शोकमग्न छ । सिन्धुलीमाढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस पुरानो झाँगाझोली ४, मुलकोट गहते पाखामा सडकबाट तल खस्दा ४१ जनाको मृत्यु हुनका साथै १५ जना घाइते भएका थिए । शुक्रबार सबै शबको सनाखत सकिएको र दाहसंस्कारका लागि आफन्तले बुझेर लगेको प्रहरीले जनायो ।
ज्यान गुमाउनेमध्ये अधिकांश सिन्धुलीका छन् । जिल्ला उद्योग वाणिज्य संघको आव्हानमा शोक मनाउन सदरमुकाम बजार शुक्रबार दिनभर बन्द रहृयो । मृतकका आफन्तको रुवावासीले सबैको अनुहार मलिन बनाइदिएको छ । यातायात पनि पनि कम चलेका छन् ।
जिल्लास्थित दलहरू र प्रशासनको शुक्रबार भएको संयूक्त बैठकले मृतकप्रति शोक प्रकट गरेको छ । बैठकले शुक्रबार एक दिन उद्योग व्यवसाय, गैरसरकारी संघ संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकले मृतकप्रति शोक व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभ कामना गरेको छ ।
एमाले सभासद विषमलाल अधिकारी दनुवारले विज्ञप्ती जारी गरी पिडित परिवारप्रति समवेदना प्रकट गरेकी छन् । उनले बढ्दो सडक दुर्घट्ना कम गर्न सिण्डीकेट प्रणाली अन्त्य र जोखिमयूक्त सडकमा सवारी साधन संचालन अनुमतीमा कडाइ गर्नुपर्ने खाँचो औंल्याएकी छिन् । त्यस्तै सिन्धुली-काठमाण्डौं गणतान्त्रिक मञ्चले पनि समवेदना प्रकट गरेको छ । बिहीबार बीपी यातायातको ना ३ ख ९४१२ नं यात्रुबाहक बस दुर्घटना भएको थियो ।

कोई टिप्पणी नहीं: