शनिवार, 22 अक्टूबर 2011

प्रधानमन्त्री शनिबार पनि भेटघाटमा व्यस्त

baburam
नयाँ दिल्ली, कार्तिक ५ - प्रधानमन्त्री डा बाबुराम भट्टराईले द्धिपक्षीय लगानी संरक्षण सम्बन्धी सम्झौताले नेपालमा लगानीको ढोका खुलेको बताएका छन्  । भारतीय उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्यसंघले शनिबार बिहान आयोजना होटेल लिलामा गरेको अन्तक्रिर्यामा भट्टराईले मुलुकको समृद्धिका लागि आफूले ठूलो जोखिम उठाएको बताए । उनले नेपालमा लगानीको प्रमुख क्षेत्र जलविद्युत,कृषि,पर्यटन र खानी रहेको उल्लेख गर्दै  भारतीय लगानीकर्तालाई लगानीका लागि आग्रह गरे ।
भारतीय उद्योग परिसंघका पूर्व अध्यक्ष राजिव कौलले नेपालले मनाउन लागेको लगानी वर्षमा उद्योगि ब्यापारीको ठूलो टोली नेपाल जाने प्रतिबद्धता ब्यक्त गरे ।
यसैबीच प्रधानमन्त्री भट्टराईसंग भारतीय गृहमन्त्री पी चिदम्बरमले भेटेका छन् । भेटमा सीमा व्यवस्थापन,सुरक्षा लगायतका विषयमा छलफल भएको थियो । त्यस्तै भारतीय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र पूर्व विदेश सचिव श्यामशरणसंग पनि प्रधानमन्त्रीले भेटेका छन् । रक्षमन्त्री ए के एन्टोलीसंग २ बजे भेट्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीले आफूले अध्यन गरेको जवाहरलाल नेहरु विश्वविद्यालयमा आयोजित कार्यक्रममा अपरान्ह सहभागी हुने र साँझ ५ बजे जनता दलका अध्यक्ष शरद यादवले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले विश्वविद्यालय जानु अगाडि पत्रकार सम्मेलन गर्ने तयारी छ ।

कोई टिप्पणी नहीं: