बुधवार, 26 अक्तूबर 2011

देउसीभैलोका नाममा जबरजस्ती पैसा असुल्नेलाई जिल्ला प्रशासनद्वारा कारवाही

 
कार्तिक ९ -जिल्ला प्रशासन कार्यालयले देउसीका नाममा जबरजस्ती पैसा नअसुल्न र राति १२ बजेपछि देउसीभैलो नखेल्न निर्देशन दिएको छ। साथै देउसी भैलोका नाममा जबरजस्ती रकम तोकेर पैसा नअसुल्न पनि भनेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालले चाडपर्वका नाममा उच्छृङखलता बढेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरे। क्षमता र हैसियत अनुसार देउसी खेल्ने हो, तिहारलाई जबरजस्ती पैसा उठाउने पर्व बन्न नदिन कडाइ गरिएको हो,' ढकालले भने- 'जबरजस्ती पैसा मागिरहेको खबर पाए पक्राउ गरी कारबाही गर्नेछौं।'

सूचनामा भनिएको छ-’देउसी भैला जस्ता कार्यक्रमहरुका नाममा जबरजस्ती रकम तोक्ने जस्ता कार्यहरु हुन गएको जनगुनासो अएकाले यस्ता कार्यक्रम गर्दा कसैलाई पनि रकम नतोकी देउसी भैलोको नाममा पैसा असुल्ने कार्यहरु नगर्न र देउसी भैलो कार्यक्रम राति १२ बजेभन्दा पटि नगर्न/नगराउन हुन सबैमा यो सूचना जारी गरिऐको छ।’ स्थानिय प्रशासनले राति १२ बजेपछि देउसी भैलो खेले तथा जबरजस्ती रकम तोक्नेलाई कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनामा भनिएको छ-’सूचनाको बर्खिलाप हुने गरी जबरजस्ती देउसी भैलो खेल्ने गरेमा प्रहरीले प्रचलित कानुन बमोजिम कारवाही गर्नेछ।’

(डिसीनेपाल डटकम संवाददाता)

कोई टिप्पणी नहीं: