काठमाडौं , कार्तिक १०-यो वर्षको तिहारमा चाँदीबाट बनेको समानको बिक्री बढेको छ । यसपाली तिहारमा चाँदीबाट बनेका सामानको बिक्री राम्रो भएको व्यापारीहरुले बताएका छन् ।
तिहारको शुरुमा भाउ घटेका कारण पोहोरको तुलनामा व्यापार बढेको हो ।
पोहोर साल तिहारका बेला चाँदीको भाउ तोलामा झण्डै ५ सय रुपैंया बढेको थियो । यो वर्षको शुरुमा पनि चाँदीको भाउ तोलाको १ हजार ४ सयको हाराहारीमा पुगेको थियो । तर तिहारका बेला भने घटेर पोहोरकै हाराहारीमा पुगेपछि कारोबार बढेको हो ।
मंगलबारसम्म तोलाको एकहजार ४० रुपैंया पुगको चाँदी हिजो बढेर एकजार ७० रुपैंया पुगेको छ । तिहारमा विशेष गरी लक्ष्मीपूजाका लागि गणेश र लक्ष्मीको चित्र अंकित सिक्का, करुवा, प्लेट, थाली, कलश लगायतका सामान बढी बिक्री हुन्छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें