मंगलवार, 25 अक्तूबर 2011

मिठाइ पसलमा भाँडा माझेको, नुहाएको पानी

काठमाडौँ, कात्तिक ८- वाणिज्य विभागको अनुगमन टोलीले  सङ्गम स्विट हाउस कमलपोखरीमा अनुगमन गर्दा मिठाइ बनाउने स्थान फोहोर भएको पाएपछि तीन दिनभित्र स्पष्टीकरण दिन विभागले निर्देशन दिएको छ।
निरीक्षण अधिकृत कमलबहादुर थापाको नेतृत्वमा गएको अनुगमन टोलीले स्विट हाउसमा सोमबार अनुगमन गर्दा मिठाइ बनाउने स्थान खुल्ला भएको, भाँडा माझिको, लुगा धोइएको र नुहाइएको पानी समेत मिठाइ बनाउने स्थानमा आउने भएकाले मिठाइ फोहोर भएको पाएको थियो।
हाउस तत्काल सफा राख्न र तीन दिनभित्र सफा नगरिएमा हाउस बन्द गराउने चेतावनी दिइएको निरीक्षक अधिकृत थापाले जानकारी दिए।
थापाका अनुसार सो हाउसमा उत्पादन हुने सम्पूर्ण मिठाइका नमुना विभागले लिएर गएको छ। सो नमुनाको परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण महाशाखामा मङ्गलबार पठाइने छ। रासस

कोई टिप्पणी नहीं: