रामेछाप, कार्तिक १३ - रामेछापको पश्चिमी क्षेत्रमा ४० भन्दा बढी चोरीका सवारीले यात्रु ओसारपसार गरिरहेका छन् । नम्बर प्लेटसमेत नराखी चलाइएका यस्ता चोरीको सवारी साधनबारे जानकारी भए पनि स्थानीय प्रशासनले कारबाही अघि बढाएको छैन ।
लुभुघाट र खैरेनीघाट भएर रामेछापको बेथान, खनियापानी, राकाथुम, खाडादेवी, हिलेदेवी, दिमीपोखरी, टोकरपुर, दोरम्बा, माकादुमलगायत गाविसमा चोरीका सवारी साधन चलाइएको छ । चोरी गरेर ल्याइएका अधिकांश सवारी साधन भारतमा निर्मित बलेरो रहेका छन् । दसजना यात्रु बोकेर ओहोरदोहोर गर्ने कतिपय बलेरोमा नम्बर प्लेटसमेत हालिएका छैनन् भने केहीमा नक्कली नम्बर प्लेट राखिएको छ ।
चोरीका बलेरो सञ्चालनमा रहेको क्षेत्रमा तीनवटा प्रहरी कार्यालय छन् । प्रहरी चौकी लुभुघाट, इलाका प्रहरी कार्यालय बेथान र इलाका प्रहरी कार्यालय चोप्राङ वरिपरिको सडक भएर गुड्ने चोरीका बलेरोलाई हालसम्म प्रहरीले नियन्त्रणमा लिन सकेको छैन् । अवैध रूपमा सञ्चालनमा रहेका ती बलेरोबाट रकम असुलेर प्रहरीले माथिल्लो निकायलाई पत्तो नदिने गरेको बेथानका लालबहादुर लामाले बताए ।
गतवर्ष लुभुघाटबाट हिलेदेवी जान लागेको एउटा चोरीको बलेरो दुर्घटना हुँदा ३ जनाको ज्यान गएपछि जिल्ला प्रशासनले त्यस क्षेत्रमा चोरीका साधन खोजी अभियान चलाएको थियो । तर प्रहरी मन्थलीबाट हिँडेको जानकारी पाएपछि अधिकांश सवारी साधन बारीको पाटामा ढोडले छोपेर लुकाएको लामाले बताए । उनका अनुसार केही बलेरो त्यसबेला प्रशासनले कब्जामा लिने त्रासले कोसी पार गरेर अन्यत्रसमेत लगिएको थियो ।
खोजीमा गएको प्रहरी फर्केलगत्तै माकादुम हुँदै मन्थलीघाट आएको एउटा चोरीको बलेरो भने प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त बलेरोलाई प्रहरीले तातोपानी भन्सार कार्यालयमा बुझाएको छ । कागजात ल्याउन समय दिए पनि सञ्चालकले कागजात नल्याएपछि भन्सारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाको पश्चिमी क्षेत्रमा चोरीका बलेरो सञ्चालन भएको जानकारी भए पनि सडक सहज नभएकाले नियन्त्रणमा लिन कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गाडी नियन्त्रणमा लिन सक्ने अवस्था भए पनि पक्राउ परेका सवारी साधन जिल्ला सदरमुकाम ल्याउन तामाकोसीमा पुल नभएकाले समस्या परेको हो । सडक नभएको बहाना बनाएर प्रशासनले कागजात नभएका सवारी साधनलाई सञ्चालन गर्न दिएको आरोप स्थानीय बासिन्दाले लगाउँदै आएका छन् । चोरीका ती सवारी साधनहरू भने सामान खोलेर राफटङमा राखेर तारिएका हुन् ।
कागजात बिनाका सवारी साधन सञ्चालन हुने क्षेत्रमा अरू कुनै पनि वैध सवारी साधन नचल्दा सर्वसाधारणले मनपरी लिइएको भाडामा बाध्य भएर यात्रा गर्नु परिरहेको छ । २३ किलोमिटर सडकमा ३ सय ५० रुपैयाँसम्म भाडा चोरीका बलेरोले असुल्ने गरेका छन् । त्यसमाथि दुर्घटनामा परेर ज्यान गुमाउने र घाइतेलाई क्षतिपूर्ति र औषधि उपचारको व्यवस्था हालसम्म रहेको छैन । दुर्घटना हुँदा सवारी साधन सञ्चालन गर्नेहरूको भागाभाग हुने गरेको छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें