गुरुवार, 7 जुलाई 2011

चार सय महिला बेच्ने पक्राउ


 असार २३  नुवाकोट, चार सयभन्दा बढी महिला वेश्यालयमा बिक्री गरेको आरोपमा घ्याङफेदी-७ बोलुङका काले तामाङ पक्राउ परेका छन् । १५ वर्षको अवधिमा तामाङले ४ सयभन्दा बढी महिला र बालिकालाई भारतका विभिन्न ठाउँ पुुर्‍याइ बिक्री गरेको घ्याङफेदी र शिखरबेसीका सर्वसाधारणले बताए ।      तीन वर्षदेखि प्रहरीले खोजी गर्दै आएका तामाङलाई केही दिनअघि जिल्ला प्रहरी कार्यालय नुवाकोट पक्रेको होे ।  तामाङले प्रहरीसँग सातजना महिला बेचेको स्वीकारेको प्रहरी नायब उपरीक्षक बालकृष्ण थापाले बताए ।  जिल्ला प्रहरी कार्यालयले नुवाकोटमा मानव बेचबिखनमा संलग्न ३० जना 'मोस्ट वान्टेड को सूचीमा रहेको जनाएको छ । फरार रहेकालाई पक्रन प्रहरी लागिपरेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

कोई टिप्पणी नहीं: