गुरुवार, 7 जुलाई 2011

१५ कार्यालयका २ सय ९३ कर्मचारी अनुपस्थित


काठमाडौ, अषाढ २३ - राष्ट्रिय सतर्कता केन्द्रबाट १५ वटा विभिन्न कार्यालय/विभाग/निकायमा बिहीबार बिहान कार्यालय समयमा अनुगमन तथा छड्के जाँच गर्दा  दुई सय ९३ कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।
कार्यालय समय पालना नगर्ने कर्मचारीलाई कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायहरूमा लेखी पठाउने केन्द्रले जनाएको छ ।
कार्यालय समयमा अनुपस्थित हुने कर्मचारीमा राजपत्राङ्किततर्फ ७८ जना, राजपत्र अनङ्किततर्फ १४१ जना र श्रेणीविहीनतर्फ ७४ जना रहेका छन् । रासस

कोई टिप्पणी नहीं: