मंगलवार, 5 जुलाई 2011

मोस्ट वान्टेड पक्राउ


लहान, अषाढ २१ - प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सिरहा इनरुवा-९ का सूर्या भनिने सूर्य नारायण यादवलाई हिजो साँझ प्रहरीले लहान क्षेत्रबाट पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक लालध्वज सुवेदीका अनुसार तराईमा भूमिगत सशस्त्र समूह अखिल तराई मुक्ति मोर्चाका सिरहा इन्चार्ज समेत रहेका यादवलाई लहानबाट सुराकीको आधारमा पक्राउ गर्न सफल भएको हो । विभिन्न हत्या र अपहरणमा संलग्न रहेका सूर्या प्रहरीको मोस्ट वान्टेड सूचिमा थिए ।

कोई टिप्पणी नहीं: