मंगलवार, 5 जुलाई 2011

तयारी हालतमा बस्न गृहमन्त्रीको निर्देशन


कास्की, अषाढ २१ - गृह मन्त्री कृष्णबहादुर महराले भदौ १४ गतेपछिको अवस्था बारे अन्योल रहेको भन्दै जस्तो सुकै अवस्थाको सामना गर्नका लागि तयारी हालतमा बस्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
मंगलबार देखि पोखरामा सुरु भएको पश्चिमाञ्चल स्तरीय सुरक्षा सम्बन्धी क्षेत्रीय सम्मेलनमा उनले भेला भएका त्यस क्षेत्रका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीहरुलाई उक्त निर्देशन दिएका हुन् । 
'भदौ १४ पछि के हुन्छ र हुदैन भन्ने बारेमा सुरक्षा निकायहरु तयार बस्नु आवश्यक छ' भेलाको उद्‌घाटन गर्दै उपप्रधान तथा गृह मन्त्री महराले भने । प्रमुख प्रतिपक्षी काँग्रेसले भदौ १४ पछि आन्दोलन गर्ने घोषणा गरिसकेको छ भने राप्रपा नेपाल लगायतका पार्टीहरुले यसअघि देखि नै संविधानसभा विघटनको माग गर्दै सडक तताई रहेका छन् ।
पचास प्रतिशत समस्या सामाधान भएपनि बाँकी हुन नसक्ने उल्लेख गर्दै उनले सबै सुरक्षा अंगहरुलाई तयारी हालतमा रहन भनेका हुन् । 'सुरक्षा निकायले संक्रमणकालिन अवस्थामा उच्च सतर्कता अपनाउनु पर्दछ' उनले भने ।
उनले सुरक्षा निकायले सरकारको बारेमा हिसाबकिताब गरेर बस्ने नभई नीति र कार्यक्रम मात्रै हेर्नुपर्ने पनि बताए । उनले भने, 'सुरक्षा निकायले त सक्रिय भएर आफनो भुमिका निवार्ह गर्ने हो, हामीले आफनो डियुटी सहज तरीकाले निर्वाह गर्नुपर्छ ।' यसअघि नै काठमाडौं र बिराटनगरमा यस्तै क्षत्रीय सुरक्षा भेला भइसकेको छ ।

कोई टिप्पणी नहीं: