एमाले केन्द्रिय अनुशासन आयोग मंगलबारको बैठकले उक्त निर्णय गरेको हो। 'कुटनीतिक राहदानी दुरुपयोगमा उहाँको संलग्नताले पार्टीलाई लज्जित बनायांे,' आयोग अध्यक्ष अमृत बोहराले नागरिकसँग भने। निर्णय कार्यान्वयन गर्न संसदीय दल, जिल्ला कमिटी र अन्य निकायलाई जानकारी गराइसकेको उनले बताए।
एमालेका अर्का सभासद डिबी कार्की घुस खाएको आरोपमा केही महिना अघि पक्राउ परी पार्टी र संसद दुवैतर्फबाट निलम्बित छन्। मधेसी जनअधिकार फोरमका सभासद विपी यादव र जनता दलकी सभासद गायत्री साह राहदानी दुरुपयोगकै मुद्दा खेपिरहेका छन्।
प्रहरीले फोरमकै अर्का सभासद शिवपुजन राय राहदानी दुरुपयोगमा संलग्न रहेको बताएको छ। उनी फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरीले फोरमकै अर्का सभासद शिवपुजन राय राहदानी दुरुपयोगमा संलग्न रहेको बताएको छ। उनी फरार रहेको प्रहरीले जनाएको छ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें