मंगलवार, 24 मई 2011

परिक्षामा चिट खोसेको भन्दै बागलुङमा बिद्यार्थीले निरिक्षकलाई निर्घात कुटपिट


मुलुकभर जारी कक्षा ११ को परिक्षामा चिट खोसेको भन्दै बागलुङमा बिद्यार्थीले निरिक्षकलाई निर्घात कुटपिट गरेका छन । जिल्लाको पश्चिम बुर्तिबाङमा रहेको उत्तरगगा उच्चमाबि परिक्षा केन्द्रमा खिमबिक्रम घर्तीले निरिक्षक थमनाथ पौडेललाई चिट खोसेको भन्दै कुटपिट गरेका हुन । कुटपिटबाट गम्भिर घाईते भएका निरिक्षक पौडेलको स्थानिय अस्पतालमा उपचार भइरहेकोछ ।
ऐच्छीक नेपालीको परिक्षा चलिरहेको समयमा निरीक्षण गदै जाँदा चिट भेटेर खोसेपछि बिद्यार्थीले एक्कासी निरिक्षकलाई परिक्षा हल भित्रै कुटपिट गरेको बिद्यालयका प्रध्यानाध्यापकले स्वीकार गरेका छन । कुटपिट गर्ने बिद्यार्थीलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिएको छ । बिद्यालयले उनले अहिले सम्म दिएका सवै परिक्षा रद्द गर्ने र आगामी तिन बर्ष सम्म कुनैपनि उच्चमाबिबाट परिक्षा दिन नपाउने निर्णय गरेकॊ छ ।

कोई टिप्पणी नहीं: