मंगलवार, 24 मई 2011

राष्ट्रसंघीय महासचिव बान कि-मुनले गम्भीर चासो व्यक्त गरेका छन् ।

काठमाडौ, जेष्ठ १० - बसंविधान सभाको म्याद सकिन लाग्दा पनि नेपाली दलहरू लडाकु व्यवस्थापनबारे सहमतिमा पुग्न नसकेकामा राष्ट्रसंघीय महासचिवले गम्भीर चासो व्यक्त गरेका छन् ।
यसबारे महासचिव बान कि-मुनले हालै प्रधानमन्त्री झलनाथ खनालसँग र राजनीतिक मामिलासम्बन्धी उपमहासचिव बि लिन पास्कोले माओवादी र कांग्रेस नेताहरूसँग टेलिफोनमार्फत कुराकानी गरी गम्भीर परिस्थितिलाई बुझेर प्रभावकारी ढंगमा कदम चाल्न आग्रह गरेका हुन् ।  
महासचिवले नेपालमा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन र संविधान निर्माण पूरा गर्न प्रमुख नेताहरूलाई सहमतिमा गम्भीर बन्न सुझाव दिएको बानका प्रवक्ताले विज्ञप्तिमार्फत सोमबार जनाएका छन् ।

कोई टिप्पणी नहीं: