शनिवार, 4 जून 2016

फुटबलर धिमाललाई प्रतिभा पुरस्कार दिइने

मोरङ, जेठ २२ । धिमाल जातिय विकास केन्द्रले यस वर्ष “धिमाल युवा प्रतिभा पुरस्कार २०७३” बाट फुटबलर रजिन धिमाललाई सम्मान गर्ने भएको छ ।
फुटबलर धिमाललाई प्रतिभा पुरस्कार दिइनेधिमाल जातिय विकास केन्द्रका अध्यक्ष नगेन्द्रबहादुर धिमालको संयोजकत्वमा रहेको पुरस्कार छनौट समितिको शुक्रबार बसेको बैठकले फुटबलर धिमाललाई सम्मान गर्ने निर्णय भएको हो ।
मोरङ उर्लाबारीका २५ वर्षिय फुटबलर धिमाल थ्रि स्टार क्लबबाट व्यवसायीक फुटबल खेलीरहेका छन । रजिन राष्ट्रिय टोलीबाट समेत विभिन्न मुलुकमा खेली सकेका छन् । उर्लाबारी, मोरङ स्थित राधिका उच्च माध्यमिक विद्यालयले सन् २००९ मा कोका कोला कप, अन्तर विद्यालय राष्ट्रिय फुटबल प्रतियोगीता जित्दा उनी त्यस टिमको महत्वपुर्ण खेलाडी थिए ।
त्यस पछि उर्लाबारी फुटबल क्लब, मोरङ ११ हुदैं न्युरोड क्बल एनआरटीबाट ए डिभिजन फुटबलमा उनले डेब्यु गरेका थिए । एक सिजन मचिन्द्र फुटबल क्बलबाट समेत खेलेका उनी हाल थ्रि स्टारमा आबद्ध छन् ।
मचिन्द्रमा रहदाँ सन् २०१३ मा उनले २३ वर्ष मुनीको राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइ एसियन गेम खेलेका थिए ।

त्यस्तै २०१४ मा सिनियर राष्ट्रिय टोलीमा समेत छनौट भए । साफ, नेहरु कप र विभिन्न मुलुकसँगको मैत्रीपुर्ण लगायतको प्रतियोगिता खेलेका छन् । धिमाललाई नगद, प्रमाण पत्र र आल्गी धावा ओडाएर असार २ गते धिमालहरुको साँस्कृतिक पर्व जात्रि समापनको अवसरमा सम्मान गरिने धिमाल जातिय केन्द्रका महासचिव केदार धिमालले बताए । 

कोई टिप्पणी नहीं: